हवाई उडानका क्रममा एक महिला मास्क लगाएर सिटमा बसिरहेकी थिइन्, नजिकै रहेका अर्का करोडपति यात्रु स्टीव किसर्चले ती महिलालाई अनौठो अफर राखे ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ती पुरुषले महिलालाई मास्क फुकाल्न आग्रह गरे, मास्क फुकाल्ने आग्रह मानेमा १ करोड २८ लाख रुपैयाँ दिने वचन व्यक्त गरे ।
तर ती महिलाले आग्रह मानिनन्, बरु ती महिला डराइन् । स्टीव किसर्चले ट्विटरमा लेखेका छन्, ‘म चाहन्थें ती महिलाले मास्क फुकालून् तर उनले अस्वीकार गरिन् । मैले उनलाई यतिबेला मास्कको काम नभएको पनि भने ।’
ती महिलाले खाजा आउँदा भने मास्क फुकालेको बताइएको छ । ती पुरुषको अनौठो अफर सुन्नेहरू अचम्भित बनेका छन् ।
I am on board a Delta flight right now. The person sitting next to me in first class refused $100,000 to remove her mask for the entire flight. No joke. This was after I explained they don’t work. She works for a pharma company. pic.twitter.com/Q8Hwzhkmxf
— Steve Kirsch (@stkirsch) March 10, 2023