फागुन ४, २०८०
‘म त रित्ता हातमा हतियार बनाइदिन्छु तिमी होली भन म दिवाली बनाइदिन्छु शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...
हिमाली जिल्ला मनाङको सदरमुकाम चामेका रविन गुरुङ भन्छन्, ‘चामेमै पढ्न पाइने जतिसम्म पढें, यहाँभन्दा माथि पढ्नलाई जिल्ला बाहिर जान सकिँदैन ।’
जिल्ला बाहिर गएर पढ्न सक्ने अवस्था नभएको रविन बताउँछन् । ‘जिल्ला बाहिर जान सकस भयो, इच्छा मात्रै भएर माथिल्लो तहको पढाइ पूरा गर्न नसकिने रहेछ, विकट जिल्लामा जन्मिएपछि पनि इच्छा पूरा नै नहुने रहेछ,’ उनले भने, ‘उच्च शिक्षा हासिल गर्ने रहर रहरमै सीमित भयो, अहिले बाबाआमालाई होटल व्यवसायमा सघाउँदैछु ।’
‘जिल्लामा प्लस टुसम्म पढियो, स्नातक तह पढ्न जिल्ला बाहिर जानुपर्छ, खर्च जुटाउनै सकिँदैन,’ रिया गुरुङ भन्छिन्, ‘इच्छा र चाहना सबै पूरा हुँदैनन् भनेको हो रहेछ, उच्च शिक्षा हासिल गर्ने मन भए पनि हामीले पढ्न पाउँदैनौं ।’
जिल्लामा नै उच्च शिक्षा अध्ययन गर्न पाउने भएको भए इच्छा पूरा हुने उनी बताउँछिन् ।
अस्मिता गुरुङ भन्छिन्, ‘घाँटी हेरेर हाड निल्नुपर्छ भन्छन्, बुवाआमासँग झगडा गरेर भए पनि उच्च शिक्षा लिन्छुजस्तो हुन्छ नि ! के गर्नु बाबाआमाको दुःख पनि त बुझ्नुपर्यो ।’
‘देश विदेशबाट पर्यटक आउँछन् तर, पनि हामी त अभागी हौं, कति मान्छेलाई हामी मनाङमा बस्ने भनेर खुशी हुन्छन् होला, हामी भने दुःखी छौं, पढ्नै नपाउने भए पछि कहाँ खुशी हुन सकिन्छ र ?’ अस्मिता भन्छिन् ।
यी सबै मनाङका उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थी उच्च शिक्षा हासिल गर्न नपाउँदाको दुखेसो हो ।
आफ्ना बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले कतिपय अभिभावकले विभिन्न पाठशालामा पुर्याउने गर्दछन् तर विपन्न तथा विकट जिल्लाका विद्यार्थी भने उच्च शिक्षा आर्जन गर्ने अवसरबाट नै वञ्चित हुने गरेका छन् ।
कतिपय अभिभावकले आफ्ना छोराछोरीलाई ठूला शहर तथा उच्च कोटीको विद्यालय, क्याम्पस तथा कलेजमा पठनपाठनका लागि पठाउने गर्दछन् तर विकट हिमाली जिल्ला मनाङका विद्यार्थी भने उच्च शिक्षा अध्ययनबाट नै वञ्चित हुने गरेका छन् ।
मनाङमा हालसम्म १२ कक्षासम्म मात्रै अध्यापन हुने हुँदा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीलाई अन्यत्र जानुपर्ने बाध्यता रहेको छ । उच्च शिक्षाका लागि ‘प्लस टु’ सकिएपछि अन्यत्र जानुपर्ने हुँदा कयौं विद्यार्थी उच्च शिक्षा लिने अवसरबाट नै वञ्चित भएका छन् ।
जिल्लामा स्नातक तहसम्मको पठनपाठन नहुँदा विशेष गरी विपन्न वर्गका विद्यार्थी उच्च शिक्षाबाट वञ्चित भएका शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख मतिलाल चपाईंले बताए । ‘स्नातक तहको पठनपाठन जिल्लामा नहुँदा यहाँका विद्यार्थी उच्च शिक्षाबाट वञ्चित हुने गरेका छन्,’ चपाईंले भने ।
जिल्लामा शिक्षा र व्यवस्थापन संकाय मात्रै अध्यापन गराइने गरिएकामा विगत ४ वर्षदेखि कृषि र प्राविधिक धारका विषयको पठनपाठन थालिएको चपाईंले बताए । आवासीय रूपमा रहेको चामेस्थित लोकप्रिय माध्यमिक विद्यालयमा प्राविधिक धारका प्राविधिक र कृषि विषयमा अध्यापन भइरहेको उनले बताए ।
जिल्लाका अन्य विद्यालयमा शिक्षा र व्यवस्थापनबाहेक अरु विषयमा पठनपाठनको व्यवस्थापन हुन नसकेको उनले बताए । लोकप्रिय मावि र नासो गाउँपालिका–३ स्थित प्रकाशज्योति माध्यमिक विद्यालयमा १२ कक्षासम्म अध्यापन हुन्छ ।
नासो गाउँपालिका–१ तालगाउँस्थित भानु माध्यमिक विद्यालय र मनाङ ङिस्याङ गाउँपालिकास्थित अन्नपूर्ण माध्यमिक विद्यालयमा १० कक्षासम्म मात्रै अध्यापन हुने गरेको छ । मनाङमा शैक्षिक गुणस्तर वृद्धि तथा उच्च शिक्षाको विकासका लागि समन्वयको भूमिकामा प्रस्तुत भइरहेको चपाईंले बताए ।
प्रमुख जिल्ला अधिकारी (सीडीओ) सुप्रभा खनाल ढुंगलेले उच्च शिक्षा अध्ययनका लागि बाहिरी जिल्ला जानुपर्ने बाध्यता हटाउने उद्देश्यले शिक्षा विकास तथा समन्वय एकाइको माध्यमबाट छलफल तथा समन्वयात्मक रूपमा प्रत्येक स्थानीय तहसँग छलफलमा रहेको बताइन् ।
‘उच्च शिक्षा आर्जन गर्न चाहने विद्यार्थी मौलिक अधिकारबाट वञ्चित नहोस् भनेर समन्वय गरिरहेका छौं,’ प्रजिअ ढुंगेलले भनिन्, ‘जिल्ला बाहिर गएर अध्ययन गर्न सक्ने विद्यार्थीलाई भन्दा विपन्न वर्गका विद्यार्थी नै शिक्षाबाट वञ्चित हुन नपरोस् भनी तदारुकताका साथ प्राथमिकता दिएका छौं ।’
जिल्लाका राजनीतिक दल, ४ वटै पालिकाको शिक्षा शाखामार्फत उच्च शिक्षा अध्ययनका कक्षा आगामी वर्षदेखि सञ्चालनको विषयमा छलफलमै रहेको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । जिल्लामै उच्च शिक्षा आर्जन गर्न पाउने भएमा जिल्लाका विद्यार्थीमा हुँदै आएको निरासा हट्ने बताइएको छ ।
जिल्लामा उच्च शिक्षा अध्यापन भएमा परिवारलाई सहयोग गर्दै जिल्लामा नै उच्च शिक्षा हासिल गर्न सहज हुने उनीहरू बताउँछन् । – नविन लामिछाने/रासस
‘म त रित्ता हातमा हतियार बनाइदिन्छु तिमी होली भन म दिवाली बनाइदिन्छु शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...
सरकारले शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तर...
खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् । दिक्तेल रु...
काठमाडौं महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालय स्थापनाको ७५औं वर्ष पूरा भएको छ । देशका विभिन्न सामुदायिक विद्यालयमध्ये अग्रणी शैक्षिक संस्थाका रुपमा चिनिएको शिवपुरीले शनिवार स्थापना दिवसका साथै हिरक (७५ ...
काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...
सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मध...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...