कात्तिक १९, २०८०
अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ । सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...
शशि कपूर हिन्दी सिनेमाका ती अभिनेता हुन्, जसले आफ्नो फिल्मबाट मानिसहरूको मनमा गहिरो छाप छोडेका छन्।
उनका फिल्म र गीतहरू अझै पनि फ्यानहरू गुनगुनाउने गर्छन्। शशिको जन्म आजकै दिन अर्थान १८ मार्चको १९३८ मा भएको थियो।
बलिउडका चर्चित शशिका बुबा पृथ्वीराज कपुर आफैं फिल्मी जगतका चर्चित अभिनेता हुन् । यही कारण शशि अभिनयमा जम्न पाए। शशिसँगै उनका दुवै दाजु शम्मी कपुर र राजकपुर पनि बलिउडका नाम चलेका अभिनेता हुन् ।
शशिले सन् १९४४ मा आफ्नै पृथ्वी थिएटरबाट अभिनय करियर शुरू गरेका थिए । फिल्मभन्दा पहिले उनले ‘शकुन्तला’ नामक नाटकमा भूमिका निर्वाह गरेका थिए ।
यसअघि उनी बाल कलाकारको रुपमा चलचित्रमा देखिने गरेका थिए। बिस्तारै उनको अभिनय करियरले यस्तो गति लियो कि उनी बलिउडको उत्कृष्ट अभिनेताको रूपमा चिनिन थाले । शशिले फिल्मी करियरमा बलिउडलाई धेरै हिट फिल्म दिए।
'सत्यम शिवम् सुन्दरम', 'जब- जब फूल खिले', 'दीवार', 'सुहाग', 'दो और दो पाँचु, 'शान', 'नमक हलाल', 'सिलसिला' र 'मुकद्दरका सिकंदर' उनका कालजयी फिल्महरू हुन्।
शशिले हिन्दीबाहेक विदेशी फिल्ममा पनि अभियन कौशल देखाएका थिए।
त्यतिबेला यस्तो मौका पाउने कलाकार निकै थोरै हुन्थे। उनले बेलायती र अमेरिकी फिल्ममा काम गर्न भ्याए। आफ्नो करियरमा उनले करिब १० वटा हलिउड फिल्ममा अभिनय गरे।
शशिलाई भारतकै प्रतिष्ठित पद्मश्री अवार्डबाट पनि सम्मान गरिएको थियो। सँगै हिन्दी सिनेमामा उनको योगदानका लागि उनलाई 'दादासाहेब फाल्के' अवार्ड पनि दिइएको छ ।
उनले अमिताभसँग धेरै फिल्ममा काम गरेका छन्
शशि कपुर र अमिताभ बच्चनको जोडी त्यो समयमा निकै चर्चित बनेको थियो। जसमा ‘दीवार’, ‘नमक हलाल’, ‘कभी कभी’, ‘सिलसिला’, ‘सुहाग’, ‘त्रिशूल’, ‘दो और दो पाँच’, ‘शान’, ‘काला पत्थर’जस्ता फिल्महरू छन्।
४ डिसेम्बर २०१७ मा ७९ वर्षको उमेरमा उनको निधन भएको थियो।
१ जब जब फूल खिले
;
२ दीवार
;
३ नमक हलाल
४ सिलसिला
५ सुहाग
अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ । सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...
अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो । गतवर्ष प्रदर्शनमा...
निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...
‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...
वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...
दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...