
शशि कपूर हिन्दी सिनेमाका ती अभिनेता हुन्, जसले आफ्नो फिल्मबाट मानिसहरूको मनमा गहिरो छाप छोडेका छन्।
उनका फिल्म र गीतहरू अझै पनि फ्यानहरू गुनगुनाउने गर्छन्। शशिको जन्म आजकै दिन अर्थान १८ मार्चको १९३८ मा भएको थियो।
बलिउडका चर्चित शशिका बुबा पृथ्वीराज कपुर आफैं फिल्मी जगतका चर्चित अभिनेता हुन् । यही कारण शशि अभिनयमा जम्न पाए। शशिसँगै उनका दुवै दाजु शम्मी कपुर र राजकपुर पनि बलिउडका नाम चलेका अभिनेता हुन् ।
शशिले सन् १९४४ मा आफ्नै पृथ्वी थिएटरबाट अभिनय करियर शुरू गरेका थिए । फिल्मभन्दा पहिले उनले ‘शकुन्तला’ नामक नाटकमा भूमिका निर्वाह गरेका थिए ।
यसअघि उनी बाल कलाकारको रुपमा चलचित्रमा देखिने गरेका थिए। बिस्तारै उनको अभिनय करियरले यस्तो गति लियो कि उनी बलिउडको उत्कृष्ट अभिनेताको रूपमा चिनिन थाले । शशिले फिल्मी करियरमा बलिउडलाई धेरै हिट फिल्म दिए।
'सत्यम शिवम् सुन्दरम', 'जब- जब फूल खिले', 'दीवार', 'सुहाग', 'दो और दो पाँचु, 'शान', 'नमक हलाल', 'सिलसिला' र 'मुकद्दरका सिकंदर' उनका कालजयी फिल्महरू हुन्।
शशिले हिन्दीबाहेक विदेशी फिल्ममा पनि अभियन कौशल देखाएका थिए।
त्यतिबेला यस्तो मौका पाउने कलाकार निकै थोरै हुन्थे। उनले बेलायती र अमेरिकी फिल्ममा काम गर्न भ्याए। आफ्नो करियरमा उनले करिब १० वटा हलिउड फिल्ममा अभिनय गरे।
शशिलाई भारतकै प्रतिष्ठित पद्मश्री अवार्डबाट पनि सम्मान गरिएको थियो। सँगै हिन्दी सिनेमामा उनको योगदानका लागि उनलाई 'दादासाहेब फाल्के' अवार्ड पनि दिइएको छ ।
उनले अमिताभसँग धेरै फिल्ममा काम गरेका छन्
शशि कपुर र अमिताभ बच्चनको जोडी त्यो समयमा निकै चर्चित बनेको थियो। जसमा ‘दीवार’, ‘नमक हलाल’, ‘कभी कभी’, ‘सिलसिला’, ‘सुहाग’, ‘त्रिशूल’, ‘दो और दो पाँच’, ‘शान’, ‘काला पत्थर’जस्ता फिल्महरू छन्।
४ डिसेम्बर २०१७ मा ७९ वर्षको उमेरमा उनको निधन भएको थियो।
१ जब जब फूल खिले
;
२ दीवार
;
३ नमक हलाल
४ सिलसिला
५ सुहाग