२६ असार २०८३, शुक्रबार

भाइको निर्देशनमा दाइको अभिनय

भाइको निर्देशनमा दाइको अभिनय

गायक एवं अभिनेता प्रकाश सपूत र अभिनेत्री वर्षा शिवाकोटीको अभिनयमा ‘पानी दर्केर’ बोलको गीत सार्वजनिक गरिएको छ ।

यो गीतमा गायक प्रविण बेडवाल र गायिका रचना रिमालको स्वर छ । 

चिन्तामणि शिवाकोटीको शब्द रहेको गीतमा हरि लम्सालले संगीत भरेका छन् भने संगीत संयोजन सुरज श्रेष्ठको छ ।

यस गीतको भिडियोमा सुनिल बि.कको कथा एवं निर्देशन छ ।

उनी प्रकाश सपूतका सहोदर भाइ हुन् । सार्वजनिक गीत र भिडियोमा वैदेशिक रोजगारीमा जानेको पीडा देखाइएको छ ।

भिडिओमा प्रकाश सपूत र वर्षा शिवाकोटीलाई दम्पतीको रूपमा प्रस्तुत गरिएको छ । गीतमा उनीहरूसँगै प्रविष्टि सपूत, अपिल ढकाल, खेम नेपाली घर्ती, कृष्ण ढुंगाना लगायतको अभिनय छ । 

मानकृष्ण महर्जनले छायांकन गरेको म्युजिक भिडिओलाई प्रविन भट्टले सम्पादन गरेका हुन् ।

गीतकार चिन्तामणि सिवाकोटीको युट्युब च्यानलमार्फत शुक्रवार यो गीत सार्वजनिक गरिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्