१० साउन २०८३, आइतबार

कलाकारको पेसागत सुरक्षाका लागि काम गर्छुः निरौला

कलाकारको पेसागत सुरक्षाका लागि काम गर्छुः निरौला

चलचित्र कलाकार संघका नवनिर्वाचित अध्यक्ष मोहन निरौलाले कलाकारको पेसागत सुरक्षाका लागि आफूले काम गर्ने बताएका छन् । संघमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै उनले आगामी दिनमा कलाकारले आफ्नो महसुस गर्ने गरी काम गर्ने बताएका हुन् । 

‘संस्थापक सदस्य भएकाले मेरो लगाव र दायित्व सङ्घप्रति बढ्दो छ । आगामी दिनमा कलाकारले आफ्नो महसुस गर्ने गरी काम गर्नेछु’, निरौलाले भने, ‘मैले घोषणा गरेका अधिकांश काम गर्नेछु । कलाकारलाई पेसागत सुरक्षाका लागि बढी काम गर्नेछु ।’ 

 शनिबार सम्पन्न १९औँ साधारणसभाबाट उनी  अभिनेत्री रेजिना उप्रेतीलाई पराजित गर्दै निर्वाचित भएका हुन् । 
 

salt training

कमेन्ट गर्नुहोस्