चलचित्र कलाकार संघका नवनिर्वाचित अध्यक्ष मोहन निरौलाले कलाकारको पेसागत सुरक्षाका लागि आफूले काम गर्ने बताएका छन् । संघमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै उनले आगामी दिनमा कलाकारले आफ्नो महसुस गर्ने गरी काम गर्ने बताएका हुन् ।
‘संस्थापक सदस्य भएकाले मेरो लगाव र दायित्व सङ्घप्रति बढ्दो छ । आगामी दिनमा कलाकारले आफ्नो महसुस गर्ने गरी काम गर्नेछु’, निरौलाले भने, ‘मैले घोषणा गरेका अधिकांश काम गर्नेछु । कलाकारलाई पेसागत सुरक्षाका लागि बढी काम गर्नेछु ।’
शनिबार सम्पन्न १९औँ साधारणसभाबाट उनी अभिनेत्री रेजिना उप्रेतीलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।