
सुनको मूल्यमा हालसम्मकै उच्च रेकर्ड कायम भएको छ।
आइतबार सुन प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
शुक्रबार १ लाख ७ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आइतबार २ हजार ९०० ले रुपैयाँले वृद्धि भएको हो ।
यसअघि गएको माघ १९ मा सुन १ लाख ७ हजार ५०० मा कारोबार भएको थियो।
आज तेजावी सुन १ लाख ९ हजार ५०० मा कारोबार भइरहेको छ ।
आइतबार चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेको छ। चाँदीको मूल्य १ हजार ३१० रुपैयाँ पुगेको छ।