१५ असार २०८३, सोमबार

कमल रिजालको उपन्यास ‘दृष्टिभ्रम’को लोकार्पण

कात्तिक २०, २०७४
कमल रिजालको उपन्यास ‘दृष्टिभ्रम’को लोकार्पण
काठमाडौं, १२ भदौ – पत्रकार तथा साहित्यकार कमल रिजालको उपन्यास ‘दृष्टिभ्रम’ को लोकार्पण भएको छ । काठमाडौंमा आयोजित सार्वजनिकीकरण एवम् अन्तरसंवाद कार्यक्रममा उपन्यासको विमोचन गरिएको हो ।

समाजका कुरीति र बोक्सीका नाममा हुने विभिन्न घटनामाथि केन्द्रित रहेर लेखिएको उपन्यास ‘दृष्टिभ्रम’ ले बोक्सीप्रथामाथि व्यङ्ग्यप्रहार गरेको कार्यक्रमका वक्ताहरूले टिप्पणी गरेका छन् ।

कार्यक्रममा महिला अधिकारकर्मी रिता शाह, साहित्यकार अर्चना थापा र अधिकारकर्मी मोहना अन्सारीले पुस्तकमाथि चर्चा गरेका थिए ।

साहित्यकार अर्चना थापाले बोक्सीका नाममा नेपालमा मात्र नभएर अन्य देशमा पनि यस्ता घटना घट्ने बताउँदै सर्जकले सकारात्मक विषय उठान गरेको बताइन् ।

त्यस्तै कार्यक्रममा बोल्दै मानवअधिकारकर्मी अन्सारीले कानूनलाई नै व्यङ्ग्य गरेको उक्त उपन्यासलाई युवापुस्तामाझ पु–याउन आवश्यक रहेको बताइन् । ‘पुस्तकले उठान गरेको विषयलाई युवापुस्ताले पनि पढ्नुपर्छ, उपन्यासले समाज बुझ्न सहज हुने भएकाले पनि प्रहरीलाई समेत यो पुस्तक पढ्न दिनुपर्छ,’ उनले भनिन् ।

उपन्यासकार कमल रिजालले आफूले दिनदिनै जसो बोक्सीका नाममा हुने हिंसाका घटनालाई पत्रिकामा पढ्दै आएकाले यो विषयमा उपन्यास लेख्न प्रेरणा प्राप्त भएको बताए । उपन्यासमाथि उठेका विभिन्न प्रश्नहरूका आधारमा आगामी कृतिमा आफ्ना कमजोरीलाई सच्याउँदै लैजाने उनले बताए ।

उपन्यासलाई सांग्रिला बुक्सले बजारमा ल्याएको हो ।

salt training

कमेन्ट गर्नुहोस्