
बलिउड सुपरस्टार अजय देवगनले आफ्नो कारणले 'आरआरआर' फिल्मको गीतले ओस्कार अवार्ड पाएको बताएका छन्।
कपिल शर्माको सोमा आएका देवगनले ठट्टा गर्दै भने, ‘यदि मैले त्यो गीतमा नाचेको भए के हुन्थ्यो ?'
उनले आफू राम्रो डान्सर नभएको बताउन खोजेका थिए। उनले भने, 'यो गीतमा मैले डान्स गरेको भए यो ओस्कार पाउने थिएन ।'
अजय आगामी फिल्म ‘भोला’ को प्रमोशनमा व्यस्त छन्। जसका लागि उनी फिल्मका कलाकार तब्बु र दीपक डोबरियालसँगै कपिलको शोमा देखा परेका थिए।
एसएस राजामौली निर्देशित 'आरआरआर' को 'नाटु नाटु' बोलको गीतले केही दिनअघि ओस्कार अवार्ड जितेको थियो। उक्त फिल्ममा अजयको पनि भूमिका छ।