
कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिइ फरार रहेका धनबहादुर घर्तीमगरलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कैलालीको टीकापुर नगरपालिका–१ वनगाउँ बस्ने अन्दाजी ४५ वर्षीय निज घर्तीमगर रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए।
घर्तीमगर कैलाली जिल्ला अदालतको विक्रम संवत् २०५६ चैत १३ गतेको फैसलाअनुसार कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिइ विक्रम संवत् २०६१ माघ २७ गते कैलाली कारागारबाट फरार थिए ।
पक्राउ परेका घर्तीमगरलाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी आजै कैलाली जिल्ला अदालत समक्ष उपस्थित गराइने प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ ।