०५ साउन २०८३, मंगलबार

भारतमा फेरि बढ्न थाले कोरोना संक्रमित, २४ घण्टामा ६ जनाको मृत्यु

भारतमा फेरि बढ्न थाले कोरोना संक्रमित, २४ घण्टामा ६ जनाको मृत्यु

भारतमा कोरोना संक्रमित संख्या १० हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ८०५ नयाँ बिरामी फेला परेका छन् भने ६ जनाको मृत्यु भएको छ। यसअघि शनिबार १ हजार ८९० कोरोना संक्रमित भेटिएका थिए भने ७ जनाको मृत्यु भएको थियो । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या १० हजार ३ सय पुगेको छ । 

महाराष्ट्रमा सबैभन्दा धेरै संक्रमितहरू फेला परेका छन्। यहाँ संक्रमण बढ्दै गएपछि परीक्षण बढाइएको छ । मुम्बईका केही निजी अस्पतालहरूमा कोभिड वार्डहरू खुल्न थालेका छन्। साथै सरकारले सबै सरकारी तथा निजी अस्पतालहरूलाई 'स्ट्यान्डबाइ' रहन पनि भनिएको छ ।

यससँगै मानिसहरूलाई कोभिड प्रोटोकल पालना गर्न निर्देशन दिइएको छ। 

महाराष्ट्रमा अक्टोबरपछि पहिलो पटक २ हजारभन्दा बढी सक्रिय संक्रमितहरू भेटिएका हुन्। 

पछिल्लो २४ घण्टामा राज्यमा ३ सय ९७ नयाँ संक्रमित भेटिएका छन्, जुन शनिबारको तुलनामा ४० जना कम हो। शनिबार राज्यमा ४३७ जना संक्रमित भेटिएका थिए। 
 

salt training

कमेन्ट गर्नुहोस्