१६ असार २०८३, मंगलबार

मिटरब्याजी पीडितलाई आन्दोलनका लागि शान्तिबाटिका : मेयर बालेन

मिटरब्याजी पीडितलाई आन्दोलनका लागि शान्तिबाटिका : मेयर बालेन

काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले मिटर ब्याजी पीडितको आन्दोलनमा ऐक्यवद्धता जनाउँदा उनीहरूका लाग शान्ति बाटिकामा आन्दोलन गर्ने ठाउँको प्रबन्ध गरेको जनाएका छन् । सामाजिक सञ्जालमा लेख्दै बालेनले खुलामञ्चमा बस्न खोजेका उनीहरूलाई शान्ति बाटिकामा बस्ने व्यवस्था मिलाएको बताएका हुन् । 

‘विगत केही वर्षदेखि नेपाल सरकारले मिटर ब्याजीहरुलाई कारबाही को दायरामा ल्याउने आश्वासनमै सीमित रहयो । सधैं काठमाडौं आएर आन्दोलन नै गर्न पर्ने स्थिति सिर्जना हुँदा पनि सरकार हेरेर बस्ने अवस्था छ । हिजो ११ दिन हिडेर काठमाडौं आउने समाचार हेरेपछि महानगरको मेयर को हैसियतले आफ्नो कार्यक्षेत्र मा नपरे पनि मानवता को नाताले काठमाडौं बसुञ्जेल पशुपति धर्मशालामा बास र खाना को ब्यबस्थापन गर्न हामी तत्पर भएर आज बिहानै उहाहरु सङ सम्पर्क गरेर हामीले पशुपति जान अग्रह गर्यौ’ बालेनले लेखेका छन्, ‘तर उहाँहरु खुल्लामन्च मै बस्न खोज्नु भयो । हामीले सम्झाएर रत्नपार्कको शान्तिबाटिकामा आन्दोलन गर्न प्रबन्ध गरेको छौं र उहाँहरुको मागप्रति एेक्यवद्धता जनाउदै नेपाल सरकारसमक्ष उहाँहरुको समस्या समाधानको लागि जोडदार माग राख्दछौ । हामी चाहन्छौ यस्तो अवस्था मा काठमाडौ कोही आउन नपरोस, गाउँगाउँ मा सरकार पुगोस् ।’

मिटरब्याजी पीडितहरू न्यायका लागि भन्दै महोत्तरीबाट हिँडेर काठमाडौं आएका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्