×

NMB BANK
NIC ASIA

वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठ टीमले पायो पूर्णता, सदस्यको समेत लाग्यो टुङ्गो

चैत १३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी उमेशलाल श्रेष्ठको टीमले पूर्णता पाएको छ । लामो समयको छलफलपछि आज भएको बैठकबाट उमेशलाल श्रेष्ठ समुहको टीमले पूर्णता पाएको हो । 

Muktinath Bank

उक्त समुहबाट वरिष्ठ जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ उठ्ने भएका छन् । यसअघि वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेर अघि बढेका दिनेश श्रेष्ठले अहिलेको अवस्थामा व्यवसायीका समस्याहरु सरकारसँग जोडदार रुपमा राखेर समस्या समाधान गर्न उमेशलाल श्रेष्ठको नेतृत्व आवश्यक रहेको भन्दै आफू पुनः सोही समूहबाट जिल्ला नगर उपाध्यक्षमा उठ्ने घोषणा गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तै वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल रहेका छन् । उनले शरुदेखिनै महासंघमा उमेशलाल श्रेष्ठको नेतृत्व आवश्यक रहेको भन्दै सोही समूहबाट आफूलाई वस्तुगततर्फको उपाध्यक्षमा अघि बढाएका थिए ।


Advertisment
Nabil box
Kumari

यसैगरी सो समूहबाट एसोसिएट्स उपाध्यक्षमा भरत आचार्य उठ्ने भएका छन् । लामो समयदेखि एसोसिएट्स समूहको टीमको पूर्णता दिन नसकेको उक्त समुहले आज उपाध्यक्षको उम्मेदवार भरत आचार्यको नेतृत्वमा टीमलाई पूर्णता दिएको हो । 

Vianet communication
Laxmi Bank

पदाधिकारीको टुङ्गो लगाएको सो समूहले सबै समूहका सदस्यहरुको समेत टुङ्गो लगाएको जानकारी दिएको छ ।

‘हामीले ६० प्रतिशत पुराना जितेका तथा यस अघि उठेका र ४० प्रतिशत नयाँ साथीहरुलाई समावेश गरेर सदस्यहरुको टुङ्गो लगाएका छौं,’ सो समुहका एक जिम्मेवार व्यक्तिले भने, ‘पदाधिकारी तहको सबै टुङ्गो लाग्यो तर सदस्यहरुमा आवश्कताका आधारमा सबैलाई समेट्नेगरी एक दुई जना साथीहरु थपघट हुन सक्छन् ।’

भर्खरै सम्पन्न महासंघको प्रदेश निर्वाचतमा सबै प्रदेशमा उमेशलाल श्रेष्ठ समुहका उद्योगी व्यवसायीहरु अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । यस्तै  वस्तुगततर्फ पनि उमेशलाल श्रेष्ठ समुहको राम्रो पकड रहेको छ । उमेशलाल श्रेष्ठ समुहबाट महासंघमा दुई कार्यकाल सदस्य रहेर सधै व्यवसायीक हकहितमा काम गर्दै आएका हेमराज ढकाल उपाध्यक्षका उम्मेदवार रहेकाले पनि वस्तुगततर्फ सो समूह बलियो रहेको सम्बद्ध सदस्यहरुनै बताउँछन् । 
महासंघको वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको समेत उक्त समुहलाई समर्थन हुने भएकाले उमेशलाल समुह सबैभन्दा बलियो रहेको उद्योगी व्यवसायीहरु बताउँछन् । यस्तै वरिष्ठ उपाध्यक्षका प्रत्याशी श्रेष्ठले पनि हरेकजसो कार्यक्रममा अब हुने अध्यक्ष चन्द्रप्रसाद ढकालको आफुलाई समर्थन रहेको र आफु ढकालको सहयोगी बनेर व्यवसायीक हकहितमा काम गर्न वरिष्ठ उपाध्यक्ष भएर महासंघमा जान लागेको बताउँदै आएका छन् । 
साथै उमेशलाल श्रेष्ठ समुहले यसै हप्ता विशेष कार्यक्रमबीच उम्मेदवारी घोषणा गर्ने भएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १३, २०८०

महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)को आधिकारिक विक्रेता अग्नि ग्रुपले इलेक्ट्रिक थ्री–ह्वीलर अटो‘ट्रियो’ नेपालका विभिन्न ठाउँमा सार्वजनिक गरेको छ ।​ महिन्द्राले छोटो सम...

चैत २२, २०८०

 गुल्मीमा मैत्री यातायात प्रालिले विद्युतीय माइक्रो बस सञ्चालनमा ल्याएको छ । गुल्मीदेखि बुटवल हुँदै सुनौलीसम्म १० वटा इलेक्ट्रिक भेइकल सञ्चालनमा ल्याएको हो ।   बिहीबार जिल्ला समन्वय समिति गुल्मीक...

कात्तिक २६, २०८०

प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा आइतबार देखिएका नेपाली फूल बिक्रेता निराश देखिन्थे । तिहारमा पनि फूलको व्यापार सोचेजस्तो नभएपछि उनीहरू निराश भएका हुन् । फूल बिक्री नभएपछि व्यापारीहरू ग्राहकको पर्खाइमा हात&n...

पुस १७, २०८०

अटोमोटिभ इनोभेसनमा विश्वकै अग्रणी ब्राण्ड फोटोनले ‘हाई रुफ ईभी भ्यान’ नेपालमा सार्वजनिक गरेको छ ।​ फोटोनको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्शियल भेहिकलले सोमवार एक कार्यक्रम आयोजना गर्दै उक्त...

मंसिर १८, २०८०

अपाङ्गता भएका व्यक्तिहरूको ३२औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई राष्ट्रिय अपाङ्ग कोषले सम्मान गरेको छ । उक्त सम्मान शहरी विकासमन्त्री सीता गुरुङले आइतवार हस्तान्तरण गरेकी हुन् । गत ...

पुस १३, २०८०

यशोदा फूड्स प्रालिले करेन्ट चाउचाउ लगायत आफ्नो कम्पनीको उत्पादन र विक्रीवितरणमा कुनै पनि रोक नलागेको स्पष्ट पारेको छ । उत्पादन बिक्रीवितरणमा रोक लगाईपाउँ भन्दै परेकोउजुरीविरुद्ध उद्योग विभागले गत जे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x