२२ असार २०८३, सोमबार

एलिना चौहान भन्छिन् – विवाह नहुँदासम्म ‘अफेयर’बारे खुलाउँदिन

एलिना चौहान भन्छिन् – विवाह नहुँदासम्म ‘अफेयर’बारे खुलाउँदिन

गायिका एलिना चौहान पछिल्लो समय विशेषगरी दुई कारणले चर्चामा छिन् । पहिलो – ‘धोकेबाज’ गीत । दोस्रो – अफेयर प्रसंग । 

उनले गाएको ‘धोकेबाज हौ तिमी’ बोलको गीत केही समययता सर्वाधिक चर्चामा छ ।

त्यस्तै, अस्ट्रेलियामा बसोबास गर्दै आएका विष्णु सापकोटा नामका युवकसँग अफेयरमा रहेको चर्चाले उनी मिडियामा छाइरहेकी छिन् । 

एलिनाले भने अफेयर चर्चाबारे अहिलेसम्म केही बोलेकी छैनन् ।

स्टेज कार्यक्रम र रेकर्डिङमा व्यस्त रहेकी यी गायिकाले विवाह नहुँदासम्म ‘अफेयर’बारे आफूले केही नखुलाउने बताउँछिन् । 

‘इन्गेजमेन्ट भएका कतिपयको सम्बन्ध त टुटेको हुन्छ, विवाह भएकाहरू समेत छुट्टिएका हुन्छन्’ उनले लोकान्तरसँग भनिन्, –‘त्यसैले मैले अहिले ढुक्क भएर अफेयरबारे केही बोल्दिन । विवाह भयो भने जानकारी भइहाल्छ ।’

उनले अफेयरमा हो/होइन भन्नेबारे समेत केही नखुलाउने बताइन् । ​

एलिना अहिलेकी सर्वाधिक चर्चितमध्येकी गायिका हुन् । सांगीतिक करिअरलाई रफ्तारमा दौडाइरहेकी उनी स्टेज कार्यक्रमका लागि बिहीवार युकेतर्फ प्रस्थान गर्दैछिन् । वैशाखमा मात्र उनी नेपाल फर्किने छिन् ।

हिजोआज पनि उनका गीतहरू दिनहुँ जसो सार्वजनिक भइरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्