२६ असार २०८३, शुक्रबार

शाहरुख खानकी छोरी र अभिताभ बच्चनका नातिबीच अफेयर चलेको हो ?

शाहरुख खानकी छोरी र अभिताभ बच्चनका नातिबीच अफेयर चलेको हो ?

बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहाना र अमिताभ बच्चनका नातिबीच अफेयर चलेको खबरले यतिबेला चर्चा पाएको छ। 

दुई दिनअघि सुहाना आफ्नी साथी तानिया श्राफको जन्मदिनको पार्टीमा पुगेकी थिइन्, जहाँ अमिताभका नाति अगस्त्य नन्दा पनि थिए। 

सुहानालाई अगत्यसले फ्लाइङ किस गरेको भिडियो सार्वजनिक भएपछि उनीहरूबीच प्रेमसम्बन्ध गरेको अनुमान गरिएको छ।  

तानिया सुनील शेट्टीका छोरा आहान शेट्टीकी प्रेमिका हुन् । भिडियोमा उनीहरू दुवै  पनि देखिएका छन् । 

सामाजिक सञ्जालमा देखिएको यो भिडियोमा सुहानालाई कारसम्म छाड्न अगत्यस पुगेका देखिएको छ। सुहानालाई ड्रप गर्दा उनले फ्लाइङ किस दिएका थिए। 

यी दुवै चाँडै बलिउडमा सँगै डेब्यू गर्दैछन्। अगस्त्य र सुहाना जोया अख्तरको फिल्म 'द आर्चिज'मा सँगै देखिने भएका हुन्। 

सुहाना र अगस्त्य यसअघि पनि आफ्नो सम्बन्धका कारण धेरै पटक चर्चामा आएका थिए । फिल्म ‘द आर्चिज’ पछि भने यी दुई एकअर्काको नजिक आएका हुन्। 
 

salt training

कमेन्ट गर्नुहोस्