२६ असार २०८३, शुक्रबार

त्रिपुरेश्वर घटनामा ट्राफिक प्रहरीको संलग्नता नरहेको प्रष्टीकरण

असार २६, २०८३
काठमाडौं
त्रिपुरेश्वर घटनामा ट्राफिक प्रहरीको संलग्नता नरहेको प्रष्टीकरण

 काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगु सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीलाई ट्राफिक प्रहरीले जरिवाना (फाइन) तिराएकै कारण उक्त घटना भएको भन्ने प्रचार पूर्णतः तथ्यहीन र भ्रामक भएको जनाएको छ।

कार्यालयले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममा ट्राफिक प्रहरीले गणेश नेपालीलाई जरिवाना गरेको र त्यसकै कारण उनले आत्मदाहको प्रयास गरेको भन्ने सामग्री सम्प्रेषण भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ।

प्रहरीका अनुसार घटनास्थलको वस्तुस्थिति तथा प्रारम्भिक छानबिनबाट गणेश नेपालीलाई ट्राफिक प्रहरीले कुनै पनि प्रकारको जरिवाना नगरेको र ट्राफिक कारबाहीसँग उक्त घटनाको कुनै सम्बन्ध नरहेको स्पष्ट भएको छ।

विज्ञप्तिमा घटनाको वास्तविक कारणबारे सम्बन्धित अनुसन्धान अधिकारीहरूले कानुनी प्रक्रिया अनुसार अनुसन्धान अघि बढाइसकेको जनाइएको छ। सत्यतथ्य नबुझी, आधिकारिक पुष्टि बिना सुरक्षा निकायको नाम जोडेर सामग्री सम्प्रेषण गर्दा आम नागरिकमा भ्रम सिर्जना हुने भएकाले यस्ता अफवाहमा विश्वास नगर्न कार्यालयले आग्रह गरेको छ। बरु महानगर प्रहरीले नेपालीको मोटरसाइकलमा ह्वील लक गर्दा यो स्थिति आएको सार्वजनिक भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्