
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्ष महिन्द्रराय यादव महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनेकोमा ठट्यौली प्रतिक्रिया दिएका छन् ।
मन्त्री बनेकोमा बधाई दिँदै भट्टराईले महिला मामिलासम्बन्धी मन्त्री बनेकोमा हिसिलाजी थप खुशी भएको पनि उल्लेख गरेका छन् ।
‘नेसपा अध्यक्ष महीन्द्रराय यादव महिला, बाबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बन्नुभएकोमा वधाइ तथा शुभकामना ! ‘महिला’मामिलासम्बन्धी मन्त्री बनेकोमा हिसिलाजी थप खुशी ।’ बधाई र शुभकामना दिँदाको तस्बिरसहित सामाजिक सञ्जाल फेसबुकमा बाबुरामले लेखेका छन् ।
वृद्ध उमेरका राय बालबालिका मन्त्री बनेको भन्दै सामाजिक सञ्जालमा टिप्पणी भइरहँदा बाबुरामले पनि ठट्टा गरेका हुन् ।