२६ असार २०८३, शुक्रबार

स्वेताको फाउण्डेसनलाई बीस लाख सहयोग

कात्तिक २०, २०७४
स्वेताको फाउण्डेसनलाई बीस लाख सहयोग

काठमाडौं, १३ भदौ – एकीकृत नमुना माझी बस्ती विकास परियोजनालाई बंगलादेशमा स्थापित ढाका क्लबले बीस लाख रुपैयाँ सहयोग गरेको छ । अभिनेत्री स्वेता खड्काले स्थापना गरेको ‘स्वेताश्री फाउण्डेसन’ का लागि क्लबमा कार्यकारी अधिकृत जाहिरुल आलिमले फाउण्डेसनका सल्लाहकार प्रेम खत्रीलाई रकम हस्तान्तरण गरेका हुन् ।

दुई वर्षअघि गएको भूकम्पले प्रभावित पारेको माझी बस्तीको अवस्था देखेर ढाका क्लबका आलिमले सहयोग गरेको बताए । साथै सल्लाहकार खत्रीले सहयोग रकम सही ठाउँमा प्रयोग हुनेमा जोड दिए । फाउण्डेसनले ५६ घर निर्माण गर्ने योजनामा छ । त्यसमध्ये दश घरको जग बसाली सकिएको छ । उक्त बस्तीमा घरभन्दा पनि शहरजस्तै बनाउन लागेकाले केही समय लागेको फाउण्डेसनका सचिव यज्ञराज कार्कीले बताए ।

यतिबेला चलचित्र ‘कान्छी’ को शूटिङमा रहेकाले माझी बस्ती पुग्न नसकेकी अभिनेत्री स्वेता खड्काले स्व. श्रीकृष्ण श्रेष्ठको सम्झनामा माझी बस्ती निर्माण गर्ने बताएकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्