![चितवन २ मा घरदैलो अभियान तीव्र बनाउँदै एमाले उम्मेदवार न्यौपाने [फोटोफिचर]](https://lktcdn2.prixacdn.net/media/ramprasad-neupane12_t8zFRYwpnU.jpg)
उपनिर्वाचन नजिकिएसँगै उम्मेदवारहरूले घरदैलो अभियानलाई तीव्र पारेका छन्।
देशभरका ३ निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुँदै छ। त्यसमध्ये चितवन निर्वाचन क्षेत्र नम्बर २ सबैभन्दा बढी चर्चामा छ। यहाँ नेकपा एमालेका रामप्रासद न्यौपाने उम्मेदवार छन्।
न्यौपानेले पनि आफ्नो घरदैलो अभियानलाई बढाइरहेका छन्। यस क्रममा आज उनी जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामना पुगे।
दिनभर यहाँ बिताएका उनले मतदाताहरूलाई ढुक्क भएर मतदान गर्न आग्रहसमेत गरे।
मंसिरमा भएको निर्वाचनमा यहाँबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले निर्वाचित भएका थिए। एमाले यहाँ तेस्रो शक्ति बनेको थियो।
नागरिकता र राहदानी प्रकरणमा लामिछानेको सांसद पद गएपछि यहाँ पुनः निर्वाचन हुन लागेको हो।
रास्वपाबाट लामिछाने नै यहाँ पुनः चुनावमा उठ्दैछन्। नेपाली कांग्रेसले भने जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ। उनलाई सत्ता गठबन्धनमा रहेका दलहरूको समर्थन छ।















