×

NMB BANK
NIC ASIA

भोलिदेखि टीकापुर साहित्य महोत्सव हुँदै

चैत २४, २०७९

NTC
Premier Steels

कैलालीको टीकापुरमा पहिलोपटक भोलि शनिवारदेखि ‘टीकापुर साहित्य महोत्सव’ हुुँदैछ । टीकापुर साहित्य समाजको आयोजनामा महोत्सव हुन लागेको हो ।

Muktinath Bank

टीकापुरस्थित सिद्धार्थ होटलमा ३ दिनसम्म चल्ने महोत्सवमा कला, साहित्य, शिक्षा, विकास, समाज, राजनीति लगायत २० सत्रमा छलफल हुनेछ । छलफलमा सहभागी हुने सहजकर्ता र बहसकर्ताको टुंगो लागिसकेको टीकापुर साहित्य समाजका अध्यक्ष महेशविक्रम शाहले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महोत्सवको उद्घाटन सत्रमा लेखक तथा विश्लेषक डा. सीके लालको ‘सामाजिक सद्भाव’ विषयमा प्रस्तुती रहनेछ । टीकापुर साहित्य महोत्सव हरेक वर्ष गरिने अध्यक्ष शाह बताउँछन् ।


Advertisment
Nabil box
Kumari

महोत्सवमा देशभरका चर्चित साहित्यकार, लेखक, पत्रकारलगायत सहभागी हुनेछन् । 

Vianet communication

महोत्सवको उद्घाटन सत्रमा ३ विधामा पुरस्कार प्रदान गरिने आयोजक संस्थाले जनाएको छ । १ लाख राशिको ‘खड्ग स्मृति राष्ट्रिय गौरव पुरस्कार २०७८’ थोमस वर्गिज र मेरी वर्गिजलाई प्रदान गरिने छ । 

पुरस्कार टीकापुर योजनाबद्ध सहरका परिकल्पनाकार पूर्व मन्त्री स्व. खड्गबहादुर सिंहको सम्झानामा स्थापना गरिएको हो । वर्गिज दम्पतीले टीकापुरमा आवासीय विद्यालय (हाल वीरेन्द्र विद्या मन्दिर मावि) स्थापना गरी यहाँको शैक्षिक क्षेत्रमा योगदान दिएका थिए ।

५० हजार रुपैयाँ राशिको ‘टीकापुर साहित्य समाज प्रतिभा पुरस्कार’ गायिका अनु चौधरीलाई प्रदान गरिने छ । सुदूरपश्चिमका प्रतिभालाई प्रदान गरिने यो पुरस्कार नेपाली, खस र थारु भाषामा गीत गाएर भाषा र कलाको उन्नयन तथा प्रवद्र्धन गरेकाले उनलाई प्रदान गर्न लागिएको हो । २५ हजार रुपैयाँ राशिको ‘टीकापुर साहित्य समाज जेहेन्दार विद्यार्थी पुरस्कार’ टीकापुर उच्च माविबाट उत्कृष्ट नतिजा ल्याउनुभएका गणेश बाबा बोर्डिङ स्कुलका छात्र प्रवेश रावललाई दिइने भएको छ । यस क्षेत्रका लागि पहिलो अनुभव भएकाले यस क्षेत्रका विद्वत वर्गले उत्साहका रूपमा लिएका छन् । 

‘कार्यक्रम सफल बनाउनु सबैको कर्तव्य हो, टीकापुरका लागि अवसर हो,’ स्थानीय साहित्यकार कान्तिप्रसाद ज्ञवालीले भने, ‘टीकापुरलाई चिनाउने कार्यक्रम भएकाले सामाजिक अगुवाहरूले पनि यो कार्यक्रमप्रति चासो दिन जरुरी छ ।’

उनले साहित्य समाजले गरेको प्रयास सह्रानीय भएको भन्दै सबैको उपस्थिति आवश्यक छ भने बाहिरबाट आएका पाहुनालाई स्वागत तथा सम्मानको वातावरण बनाउन जरुरी रहेको बताए ।

कार्यक्रममा हाम्रो देशको प्रधानमन्त्री कस्तो हुनेछ भन्ने बारेमा यस क्षेत्रका विद्यार्थीले बहस गर्नेछन् । साहित्यमार्फत सामाजिक सद्भाव कायम गर्ने उद्देश्य साहित्य कार्यक्रमको हुनेछ । २० वटा सत्रमा विभिन्न शीर्षकमा छलफल र बहस हुनेछन् । अन्त्यमा सांस्कृतिक कार्यक्रम गरी कार्यक्रम समापन हुने जनाइएको छ ।

कार्यक्रम बिहान १० बजेदेखि ५ बजेसम्म हुनेछ । केही अतिथि शुक्रवार नै टीकापुर आउने कार्यक्रम छ । यसरी आउने अतिथिको स्वागतका लागि बनाना एग्रो रिसोर्टमा सांस्कृतिक कार्यक्रम गरिने भएको छ । 

टीकापुर आउने अतिथिलाई कर्णाली चिसापानीदेखि टीकापुर पार्कसम्म कर्णाली नदीमा र्‍याफ्टिङको आनन्द लिने व्यवस्था समेत गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x