२६ असार २०८३, शुक्रबार

ह्युन्डाईको आयोनिक ६ ले जित्यो तीनवटा प्रतिष्ठित पुरस्कार

चैत २४, २०७९
ह्युन्डाईको आयोनिक ६ ले जित्यो तीनवटा प्रतिष्ठित पुरस्कार

ह्युन्डाई कम्पनीको आयोनिक ६ कारले बुधवार आयोजित विश्व कार पुरस्कार समारोहमा तीनवटा प्रतिष्ठित पुरस्कार जितेको छ ।  

वर्ष विश्व कार, विश्व विद्युतीय गाडी तथा वर्ष विश्व कार डिजाइन पुरस्कार ह्युन्डाई आयोनिक ६ ले जितेको हो । 

न्युयोर्क इन्टरनेशनल अटो शोमा उक्त समारोह आयोजना गरिएको थियो । 

ह्युन्डाईको आयोनिक मोडल पूर्णतया विद्युतीय कार हो । आयोनिक ६ त्यसको दोस्रो मोडल हो । 

इलेक्ट्रिक ग्लोबल मोडुलर प्ल्याटफर्ममा बनेको यस कारले ८०० भोल्टको द्रुत गतिमा चार्ज हुने क्षमता राख्छ । जम्मा १८ मिनेटमा यो १० बाट ८० प्रतिशत चार्ज हुन्छ । 

एकचोटि चार्ज गरेपछि यो कार ६१४ किलोमिटर गुड्न सक्छ । 

यसको भित्री भाग निकै चौडा र आरामदायक छ । 

ह्युन्डाईले लगातार दोस्रो वर्ष यस्तो सम्मान पाएको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्