×

NMB BANK
NIC ASIA

साहित्यकार टंक वनेमको नयाँ कृति ‘सुदूर विस्मृतिका विम्बहरू’ लोकार्पण

चैत २५, २०७९

NTC
Premier Steels

साहित्यकार टंक वनेमको नयाँ कृति ‘सुदूर विस्मृतिका विम्बहरू’ लोकार्पण गरिएको छ ।

Muktinath Bank

नेपाली वाङ्मय परिषद्का अध्यक्ष तथा कवि शशी लुमुम्बुको सभापतित्व तथा मुन्धुमविद तथा वरिष्ठ कवि वैरागी काइँलाको प्रमुख आतिथ्यतामा उक्त कृति लोकार्पण गरिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाली वाङ्‍मय परिषद र नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतद्वारा संयुक्त आयोजित लोकार्पण कार्यक्रममा समालोचक तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्य सचिव जगतप्रसाद उपाध्याय प्रेक्षित, अन्वेषक तथा लालिगुराँस नगरपालिका तेह्रथुमका मेयर अर्जुन माबुहाङ, संस्कृतिविद् तथा दर्शनविद डा भक्त राई, वरिष्ठ लेखक राजेश्वर थापा, समालोचक तथा उपप्राध्यापक डा. हरिप्रसाद सिलवाल, सशत्र प्रहरी बलका पूर्वमहानिरीक्षक दुर्ज कुमार राई र मकरध्वज वनेम लगायतको आतिथ्यता रहेको थियो । 


Advertisment
Nabil box
Kumari

कृतिबारे बोल्दै प्रमुख अतिथि वैरागी काइँलाले सुदूर स्मृतिका विम्बहरू धेरै अघिका, बिर्सन लागेका कुरा नै विस्मृतिका कुराहरू रहेको र नयाँ पुस्तामा इतिहासको सङग्रहका रुपमा पुस्तक स्थापित रहेको बताए । उनले सुदूर स्मृतिका विम्बहरू पुस्तक पढ्न पाउनु नै आफ्ना लागि अवसरको भएको बताए । 

Vianet communication

प्रमुख अतिथि वैरागी काइँलाले गाउँघरको जीवन, बाँच्ने तरिका, बाटोघाटो, अन्धविश्वास वा विश्वासले भरिएका चिजहरूद्वारा संग्रहित कृति  आफैमा सुन्दर रहेको बताए । 

कार्यक्रममा बोल्दै समालोचक डा हरिप्रसाद सिलवालले उक्त कृतिमा स्मृति र विस्मृतिका विम्बहरूको द्धन्द्ध रहेको बताए । ‘विस्मृतिको विम्ब लेख्न कठिन छ । तर, यस संग्रहमा लेखकले कलात्मक तरिकाले विस्मृतिका कुराहरू लेख्नुभएको छ,’ सिलवालले थपे, ‘पुस्तकमा माटोको अनुभूति र लेखक आफू बाँचेको जीवन जस्ताको त्यस्तै उतार्न सफल छन् ।’

यस्तै, कार्यक्रममा बोल्दै अन्य वक्ताहरूले पनि वनेमको नयाँ कृतिमा हरेकले आ–आफ्नो बाल्यकाल पाउने र  आजभन्दा करिब ४० वर्ष अघि पूर्वी पहाडमा बाँचेको र भोगिएका कुराहरूले पुस्तक रोचक र पठनीय बनेको बताए । 

लेखक टंक वनेमले पनि जीवनमा सामान्य मान्छेले भोग्ने गरेको घटना मात्रै आफूले भोगेको र उनै भोगाइलाई पुस्तकमा समेटेको बताए । उनले भने, ‘मेरो जीवनमा त्यति ठूला र सम्झना लायक घटना घटेनन् । अरू जस्तै म पनि सामान्य जीवन नै बाँचे । त्यही भोगाइलाई यश पुस्तकमा समेटेको छु ।’

मैवाखोला–२, ताप्लेजुङका वनेम हाल वेस्टबर्मिज, बर्मिङघाम, यूकेमा बसोबास गर्दै आएका छन् ।

बेलायतमा रहेर कथा, कविता, संस्मरण, मुन्धुम, इतिहास तथा खोज–अ –अनुसन्धानमा कलम चलाउँदै आएका वनेमको ‘सुदूर विस्मृतिका विम्बहरू’ छैटौं कृति हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

चैत ३०, २०८०

लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

बैशाख ४, २०८१

गजलकार एवं गीतकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ । जन्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलवार निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि पंगे...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x