२९ असार २०८३, सोमबार

डेढ महिना अघिको गीतले अहिले पाउँदैछ चर्चा

डेढ महिना अघिको गीतले अहिले पाउँदैछ चर्चा

मनका कुरा गरौंला नि यसो मिलाएर

भोलि दिउँसो भेटन आउ है मेसो मिलाएर  

टिकटक चलाउँदै आउनुभएको छ भने उक्त अंश पक्कै सुन्नुभएको होला । केही दिनयता टिकटकमा चर्चामा छ उक्त अंश । यो ‘मेसो मिलाएर’ गीतको अंश हो ।

निशान भट्टराई र अस्मिता अधिकारीको स्वर रहेको यो गीत सार्वजनिक भएको भने डेढ महिना भइसकेको छ । 

यद्यपि, त्यतिबेला खास्सै चर्चामा नआएको यो गीत टिकटकका कारण केही दिनयता चर्चामा आएको हो । गीतको युट्युब भ्युजको अनुपात पनि केही दिनयता बढिरहेको छ । थुप्रै दर्शकहरुले आफूले टिकटकमा गीत सुनेर युट्युबमा आएको कमेन्ट गरेका छन् ।

दिग्गज धौरालीको शब्द, अर्जुन पोखरेलको संगीत रहेको गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका हुन् । 

माइकल चन्दको निर्देशन रहेको गीतको भिडियोमा अभिनेता राज कटुवाल र अभिनेत्री श्रद्धा क्षेत्रीको अभिनय छ ।

salt training

कमेन्ट गर्नुहोस्