१० साउन २०८३, आइतबार

नेपालमा पहिलो पटक बोस पावर टुल्स एण्ड एक्सोसरिजको ‘डिलर मिट’ आयोजना

नेपालमा पहिलो पटक बोस पावर टुल्स एण्ड एक्सोसरिजको ‘डिलर मिट’ आयोजना

जर्मन ब्रान्ड बोस पावर टुल्स एण्ड एक्सोसरिजले हालै काठमाडौंकोमा पहिलो पटक ‘डिलर मिट’ आयोयजना सम्पन्न गरेको छ ।

बोस पावर टुल्स एण्ड एक्सोसरिज नेपालको एक मात्र आधिकारिक डिस्ट्रिब्युटर्स इन्फ्राटेक प्राइभेट लिमिटेडले लैनचौरस्थित  मल्ल होटलमा चैत २५  गते शनिबार डिलर मिट आयोजना गरेको हो ।

यो कार्यक्रम डिलर, डिस्ट्रिब्युटर तथा ब्रान्ड बीचको सम्बन्ध सशक्त बनाउँदै बोस पावर टुल्सलाई नेपाली ग्राहकहरू माझ नम्बर एक बनाउने प्रयास अन्तर्गत रहेको छ । नेपालको पूर्वाधार विकास निर्माणका क्रियाकलापमा प्राथमिकता सहित टेवा पुर्‍याउनु डिलर मिटको उद्देश्य रहेको छ । 

यस डिलर मिटमा देशभरका विभिन्न स्थानबाट ५० भन्दा बढी डिलरहरू सहभागी भएका थिए । कार्यक्रममा इन्फ्राटेकका निर्देशक आकाश गोल्छाद्वारा स्वागत मन्तव्य प्रस्तुत गरिएको थियो । साथै, बोसको सार्क मुलुकका व्यवसाय विकास निर्देशक स्वामी नाथान आर तथा बोस श्रीलंकाका कन्ट्री म्यानेजर अशोक कुमार एनद्वारा बोस पावर टुल्स तथा सेवाहरूबारे जानकारी गराइएको थियो । 

समारोहमा कम्पनीका विभिन्न उत्पादनहरू तथा जानकारीमूलक थुप्रै सामग्रीहरू प्रदर्शन गरिएको थियो ।

यसबाट डिलरहरूमा कम्पनीका उत्पादनहरूबारे प्रत्यक्ष रूपमा अवलोकन तथा प्रयोगसमेत गरी थप बुझ्ने अवसर पनि प्रदान गरिएको थियो ।

कम्पनीका उत्पादनहरू गुणस्तरीय, चलाउन सहज र उचित मूल्यमा उपलब्ध हुने कुरा अझै स्पष्ट पारिएको थियो । नेपालमा ५० भन्दा बढी आउटलेहरू मार्फत बिक्री वितरण गर्दै आएको बोस पावर टुल्स, निर्माण तथा पावर टुल्स क्षेत्रका लागि उच्च गुणस्तरीय वस्तु र सेवा प्रदान गर्न प्रतिबद्ध रहँदै आएको छ ।

औपचारिक कार्यक्रमको अन्त्य इन्फ्राटेकका निर्देशक सन्दिप कुमार शारडाद्वारा धन्यवाद मतसहित गरिएको थियो भने डिलर र कम्पनीबीच सुमधुर सम्बन्ध स्थापना गर्न पछि ककटेल डिनरमा परिणत भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्