×

NMB BANK
NIC ASIA

०७९ का यी चलचित्र-जसको व्यापार लज्जास्पद भयो

चैत ३०, २०७९

NTC
Premier Steels

 चलचित्र विकास बोर्डको तथ्याङ्कअनुसार वर्ष २०७९ मा स्वदेशी ५२ र विदेशी ८३ गरी एक सय ३५ चलचित्र प्रदर्शन भएका छन् । यद्यपि बोर्डले एक सय ३२ चलचित्रको ग्रस कमाइ सार्वजनिक गरेको छ । वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन् । तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन । बोर्डको विवरणअनुसार ‘सिवानी’ चलचित्रको पाँच टिकट मात्र बिक्री भएको छ । सो वापत चलचित्रको कमाइ रु पाँच सय २० भएको छ । ‘रण’ नामक चलचित्रको ४२ वटा टिकट बिक्री हुुँदा रु तीन हजार पाँच सय ९६ ग्रस कमाइ भएको छ । चलचित्र ‘नरसिम्हा’ को ४९ टिकट बिक्री भएवापत रु चार हजार आठ सय ३२, ‘चोर र पुलिस’ चलचित्रको एक सय चार टिकट बिक्रीबाट रु १८ हजार सात सय २५ कमाइ भएको छ । 

Muktinath Bank

त्यसैगरी ‘सरी मम’ चलचित्रको एक सय १२ टिकट बिक्री हुँदा रु २३  हजार सात सय ५२, ‘आँधी तुफान’ चलचित्रको एक सय ४५ टिकट बिक्री भएवापत रु २८ हजार चार सय ३९, ‘स्वार्ड आर्ट अनलाइन’ चलचित्रको तीन सय छ टिकट बिक्री भएवापत रु एक लाख ३० हजार ३० को ग्रस कलेक्सन भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उल्लिखित चलचित्रमा नेपालीसँगै भोजपुरी र विदेशी चलचित्रसमेत छन् । यो वर्ष केही आश गरिएका चलचित्रले दर्शकसँगै बक्स अफिसमा निराश अङ्क ल्याएको छ । बेलायतमा तयार गरिएको चलचित्र ‘गोर्खा ः बीनिथ द ब्रेभरी’ को तीन सय ९० टिकट मात्र बिक्री भएको छ । जसबाट चलचित्रले व्यापार रु एक लाख ४३ हजार तीन सय ७३ को कमाइ गरेको छ । 


Advertisment
Nabil box
Kumari

चलचित्र ‘षट्कोण’ ले पनि राम्रो व्यापार गर्न सकेन । कार्म, भोलाराज सापकोटालगायत कलाकारले अभिनय गरेका चलचित्रको पाँच सय ४८ टिकट मात्र बिक्री भयो । सो वापत चलचित्रको ग्रस कमाइ रु दुई लाख १७ हजार तीन सय २५ छ । साइकोलोजिक थ्रिलर जनरामा निर्माण भएको र गत वैशाख २३ मा प्रदर्शन भएको चलचित्रलाई मिलन डि काप्रीले निर्देशन गरेका छन् । 

Vianet communication

सुवर्ण थापाले निर्देशन गरेको चलचित्र ‘म’ ले निकै कमजोर व्यापार ग¥यो । चलचित्रसम्बन्धी अध्ययन गराउने कान्तिपुर फिल्म एकेडेमीको प्रस्तुतिमा निराजन प्रधान, निशा अधिकारी, सविन श्रेष्ठ, रुविना थापा, नरेन खड्का, सरिता लामिछाने, सरोज खनाल, संजोग रसाइलीलगायत कलाकारले अभिनय गरेको चलचित्रको बोर्डले सार्वजनिक गरेको विवरणमा नौ सय ३७ टिकट बिक्री भएबापत रु दुई लाख ९० हजार आठ सय ४९ को ग्रस कमाइ छ । 

गत चैत १७ गते प्रदर्शन भएको चलचित्र ‘प्रेमा’ सार्वजनिक प्रचार सामग्रीको कारण चर्चामा थियो । गोविन्दसिंह भण्डारीले निर्देशन गरेको चलचित्रमा सुवेक्षा खड्का, सृष्टि श्रेष्ठ, अरुण क्षेत्रीलगायत कलाकारले अभिनय गरेका छन् । यद्यपि चलचित्रको तीन सय ५१ टिकट मात्र बिक्री भयो । सो वापत चलचित्रको कमाइ रु एक लाख १० हजार सात सय ७३ छ ।

वर्ष २०७९ मा नेपाली चलचित्र ‘कबड्डी ४ - द फाइनल म्याच’ ले सर्वाधिक बढी कमाइ गर्ने रेकर्ड बनाएको छ । ‘कबड्डी’ कै शृङ्खलाको रूपमा अगाडि बढिरहेको ‘कबड्डी ४ ः द फाइनल म्याच’ लाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । बोर्डको विवरणअनुसार चलचित्र ‘कबड्डी ४ ः द फाइनल म्याच’ को सात लाख ६६ हजार सात सय टिकट बिक्री भएवापत रु २१ करोड ३८ लाख १३ हजार चार सय ६२ ग्रस व्यापार भएको छ । नेपाली चलचित्रमा यो अहिलेसम्मको सर्वाधिक कमाई गर्ने चलचित्र हो । 

बाँसुरी फिल्मसको प्रस्तुतिमा तयार भएको चलचित्रमा सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारीलगायतका कलाकारको अभिनय छ । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २५, २०८१

नेपाली चलचित्र ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा मङ्गलबार एक कार्यक्रमबीच ४ मिनेट १५ सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हाे । आगामी जेठ १० गते विश्वव्यापी रुपमा एकसा...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

बैशाख ५, २०८१

कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ ।  काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलर सार्वजनिक गरिएको हो । चार मिनेट लामो ट्रेलरमा य...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x