२२ असार २०८३, सोमबार

जापानी प्रधानमन्त्रीमाथि बम प्रहार

जापानी प्रधानमन्त्रीमाथि बम प्रहार

जापानका प्रधानमन्त्री फुमियो किशिदालाई लक्षित गरेर ‘स्मोक बम’ प्रहार भएको छ ।

वाकायामा आयोजित एक कार्यक्रममा सहभागी भएको बेला किशिदामाथि ‘स्मोक बम’ प्रहार भएको हो । 

किशिदाले सम्वोधन गर्न लाग्दा बम फालिएको थियो । त्यसपछि सर्वसाधारणहरूको भाग दौड मच्चिएको थियो ।

प्रधानमन्त्री किशिदा भने सकुशल छन् । घटनास्थलबाट प्रहरीले एकजना व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरेको छ । ​

किशिदाले आफू सुरक्षित रहेको र आफू सहभागी कार्यक्रममा भएको घटनाप्रति दुख व्यक्त गरेका छन् ।

अत्यन्त सुरक्षित मानिने जापानमा भीआइपीमाथि एकवर्षको बीचमा भएको यो दोस्रो आक्रमण हो ।

यसअघि सन् २०२२ को जुलाइ ८ मा पूर्वप्रधामन्त्री सिञ्जो आवेलाई गोली हानी हत्या गरिएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्