१० असार २०८३, बुधबार

सन्सारीमाई मन्दिरमा पूजा गर्न गएका दुई भक्तजनको ट्रयाक्टर दुर्घटनामा मृत्यु

सन्सारीमाई मन्दिरमा पूजा गर्न गएका दुई भक्तजनको ट्रयाक्टर दुर्घटनामा मृत्यु

मोरङको रंगेलीमा ट्रयाक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । रंगेली नगरपालिका ३ आमतोलामा भएको दुर्घटनामा १५ जना घाइते भएको मोरङ प्रहरीले जनाएको छ ।

मोरङको ग्रामथान गाउँपालिका– ५ की ६० वर्षीया वैशाखी चौधरी र सोही ठाउँकी २५ वर्षीया रीता कुमारी माझीको मृत्यु भएको मोरङ ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सुनिल श्रेष्ठले जानकारी दिए ।

वैशाखी कुमारीको घटनास्थलमै र रीताको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

तेतरीया आमतोला भित्री सडकखण्ड हुँदै पूर्वतर्फ गइरहेको प्रदेश १–०१–००१ त ९५५३ नम्बरको ट्रयाक्टर अनियन्त्रित भएर दुर्घटना परेको हो । 

.प्रहरीका अनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ । उनीहरूको रंगेली र विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

ट्रयाक्टर चालक ग्रामथान ५ का बालक माझी फरार रहेको र उनको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । उनीहरू रंगेलीमा रहेको सन्सारीमाई मन्दिरमा पूजा गर्न हिाडेका थिए  । 
 

salt training

कमेन्ट गर्नुहोस्