०७ साउन २०८३, बिहीबार

वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाइने

वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाइने

सरकारले वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने भएको छ ।

६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल तथा १२ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आफ्‍ना बालबालिकाहरूलाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत् भिटामिन ए र  जुकाको औषधि खुवाउन मन्त्रालयको आग्रह छ ।

salt training

कमेन्ट गर्नुहोस्