×

NMB BANK
NIC ASIA

चर्चा सकम्बरीको

नवलपुरदेखि काठमाडौंसम्मको ‘सकम्बरी’ यात्रा : नर्सिङ पढेर मोडलिङ, डेब्युमै चर्चा !

बैशाख ५, २०८०

NTC
Premier Steels

पछि गएर के बन्ने ? चुलबुले, चञ्चले स्वभावकी कुशुम शर्मा बाल्यकालमा हुँदा भन्थिन् – म त ‘हिरोइन’ बन्ने हो । 

Muktinath Bank

ममीले टेलिभिजनमा भारतीय सिरियलहरू हेर्ने गर्थिन् । ७/८ वर्षकी फुच्ची कुशुम सिरियलमा कलाकारहरूले गरेको अभिनय दुरुस्त उतार्ने प्रयास गर्थिन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनी पर्वत जिल्लामा जन्मिइन् । बाल्यकाल केही वर्ष चितवन, केही वर्ष नवलपुरमा बित्यो । त्यतै पढिन्, त्यतै बढिन् । 


Advertisment
Nabil box
Kumari

Vianet communication

विद्यालयमा पढ्दा सांगीतिक कार्यक्रमहरू नछुटाई ग्रुपमा नृत्य प्रस्तुत गर्थिन् । प्रायः प्रथम, नभए द्वितीय वा तृतीय स्थान हासिल गर्थ्यो उनको ग्रुपले । 

एक हिसाबले त्यतिबेलाबाटै उनको मनको एउटा कुनामा पछि गएर कलाकारितामा लाग्ने रहर पलाएको थियो । कलाकार बन्ने सपना देखेकी थिइन् । 

परिवारबाट कहिल्यै पनि दबाब थिएन, छोरी यो बन्नुपर्छ, त्यो बन्नुपर्छ भनेर । 

प्लस टु सकाइन् । नर्सिङ पढाइ पनि सकिन् । केही समय स्वास्थ्यचौकीमा ‘भोलिन्टिएर’को रूपमा काम समेत गरिन् । 

यद्यपि मनको कुनामा रहेको कलाकार बन्ने रहरले यसपछि भने उनलाई काठमाडौं डोहोर्‍यायो । यो गत असारको कुरा थियो । कलाकारिता क्षेत्रमा चिनेजानेको कोही थिएनन् । सोही कारण कलाकारितामा कसरी जोडिने ? मेसो मिलिरहेको थिएन । 

यहीबेला अभिनयका लागि अफर आएको गीत थियो– ‘सकम्बरी’, जुन अहिले चर्चाको शिखरमा छ । 

डेब्यु म्युजिक भिडियोबाट निकै चर्चा पाएपछि मोडल कुशुम दंग छिन् । संगै, गीतलाई लिएर भइरहेका विभिन्न टिकाटिप्पणीले भने उनलाई केही दुःखी पनि बनाएको छ । 

‘पहिलो प्रयासलाई नै यति धेरै माया गरिदिनुभएकोमा एकदमै खुशी छु,’ उनले लोकान्तरसँग भनिन्, ‘तर गीतलाई लिएर कतिपयले गर्नुभएको नकारात्मक कमेन्टले भने केही दुःख पनि लागेको छ ।’ 

जुन सन्देश दिने उद्देश्यले गीत बनाइयो त्यसलाई कतिपयले गलत रूपमा बुझिदिँदा आफ्नो चित्त दुखेको उनको भनाइ छ । 

खासमा यसको छायांकन हुँदै गर्दा कुशुमलाई लागेको थियो, गीतले एक खालको चर्चा पाउँछ । तर यो लागेको थिएन कि गीतले यति छोटो समयमा नै यो स्तरको चर्चा पाउँछ । 

यस गीतको भिडियोका लागि कुशुमलाई गायक प्रकाश सपूतका भाइ सुनिल विकले प्रस्ताव गरेका थिए । कुशुम र सुनिलको चिनजान केही महिना अघिदेखिको थियो । 

प्रकाश उक्त गीतका लागि पात्रको खोजीमा थिए । ‘दाइले मलाई यस्तो क्यारेक्टर चाहिन्छ । यो खालको क्यारेक्टर खोज्नुपर्छ भन्नुभएको थियो,’ सुनिल सम्झन्छन्, ‘दाइले खोज्नुभएको क्यारेक्टर मैले कुशुमजीमा देखेपछि उहाँलाई लिएका हौं ।’ 

कुशुमले पहिलो गीतमै प्रकाश सपूत, सुनिल थापाजस्ता चर्चित कलाकारहरूसंग स्क्रिन शेयर गरिन् । निर्माण टीमले सहज वातावरण बनाइदिएका कारण छायांकनमा कुनै गाह्रो नभएको उनले बताइन् । 

डेब्यु म्युजिक भिडियो अत्यधिक हिट भएसँगै उनलाई यतिबेला अन्य म्युजिक भिडियोबाट अफरहरू आउन थालेका छन् ।

केही सिरियलहरूबाट समेत अभिनयका लागि अफर आइरहेका छन् । 

यद्यपि, आफूले कुनैमा अभिनय गर्नेबारे निर्णय लिइनसकेको उने बताइन् । 

नर्सिङ पेशालाई एकदमै रेस्पेक्ट गर्ने बताउने उनी करिअर भने आफ्नो बाल्यकालदेखिकै रुचि भएको अभिनयमा बनाउन चाहेको बताउँछिन् ।

अभिनयमा उनलाई एउटै खालको भूमिकामा अल्झिनु छैन । फरक–फरक खालका भिडियोमा काम गर्ने आफ्नो चाहना रहेको उनले बताइन् । एउटै खालको क्यारेक्टर भिडियोमा नदोहोर्‍याउने गरी काम गर्ने सोच रहेको उनको भनाइ छ ।

‘सकम्बरी’ गीतको भिडियोमा कुशुमले केही बोल्ड खालका सीनहरू समेत दिएकी छिन् । त्यसलाई लिएर पछुतो नभएको बताउने उनी आगामी म्युजिक भिडियोमा भने त्यस प्रकारको सीन नदिने अठोट गरेको बताउँछिन् । 

‘यो समाजको यथार्थलाई चित्रण गरिएको गीत हो । जसको भिडियोमा मैले एउटा चरित्र निर्वाह गरेकी हुँ । सोहीकारण अहिले त्यसलाई लिएर ममा कुनै पछुतो छैन,’ उनले भनिन्, ‘आगामी दिनमा पनि सोही खालको समाजको यथार्थलाई चित्रण गरेको गीत भए सोच्न सकिन्छ । तर, त्यसबाहेकका भिडियोमा बोल्ड सीन, बेड सीन दिनुपर्ने छ भनेचाहिँ गर्दै गर्दिनँ ।’ 

नवलपुर घर भएकी कुशुम आफूलाई अभिनयमा लाग्न परिवारको बलियो सपोर्ट रहेको बताउँछिन् । 

उनी आगामी दिनमा फिल्ममा पनि अभिनय गर्न चाहन्छिन् । यद्यपि, त्यसका लागि धेरै कुराहरू सिक्न बाँकी रहेको उनी आफैंले बुझेकी छन् ।

अब डान्स र अभिनय प्रशिक्षण लिने सोच उनले बनाएकी छिन् । अभिनयबाहेक उनलाई घुमघाममा औधी रुचि छ ।

‘घुमघाम गर्न मन पर्छ । गाउँघरमा पुगेर मानिसहरूको लाइफ बुझ्न मन पर्छ,’ उनी अगाडि थप्छिन्, ‘कूकिङ गर्न मन पर्छ । डान्स गर्न मन पर्छ । यस्तै यस्तै हुन् रुचिहरू ।’

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x