
जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक जना थुनुवाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–१० का २१ वर्षीय सबिर बक्स रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता, डीएसपी कविन्द्रसिंह बोहराका अनुसार बक्स शनिबार बिहान ४:३० बजेतिर अचेत अवस्थामा भेटिएका थिए ।
त्यसपछि उनलाई कालागाउँस्थित कर्णाली प्रादेशिक अस्पताल लगिएको थियो । अस्पताल पुर्याउनेबित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
बक्स चोरीसम्बन्धी मुद्दामा यही जेठ २७ गते पक्राउ परेका थिए । प्रहरीले बुधबार म्याद थप गरेर उनीमाथि अनुसन्धान गरिरहेको थियो ।