३१ जेठ २०८३, आइतबार

खैरो हिरोइनसहित बिर्तामोडमा एक जना पक्राउ

जेठ ३०, २०८३
झापा
खैरो हिरोइनसहित बिर्तामोडमा एक जना पक्राउ

झापाको मेचीनगरबाट खैरो हिरोइनसहित बिर्तामोडका एक जना पक्राउ परेका छन् । 

लागुऔषध नियन्त्रण ब्यूरो कार्यालय काँकडभिट्टा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको संयुक्त टोलीले शनिबार दिउँसो मेचीनगर-६ स्थित पुरानो मेची पुल क्षेत्रबाट बिर्तामोड नगरपालिका-७ निवासी ३० वर्षीय विष्णु सिंह राजवंशीलाई पक्राउ गरेको हो ।     
     
जिल्ला प्रहरी कार्यालयका अनुसार भारतबाट पैदल नेपालतर्फ आउँदै गरेका राजवंशीलाई शंकाका आधारमा जाँच गर्दा प्लास्टिकबाहेक पाँच ग्राम ४० मिलिग्राम खैरो हिरोइनजस्तो देखिने लिसाइलो पदार्थ फेला परेको थियो । बरामद लागुऔषधसहित उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ ।     
     
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । झापाको पूर्वी नाका क्षेत्रमा लागुऔषध ओसारपसार नियन्त्रणका लागि प्रहरीले निगरानी र चेकजाँचलाई थप कडा बनाएको जनाएको छ ।     

salt training

कमेन्ट गर्नुहोस्