३० जेठ २०८३, शनिबार

दाङका विद्यालयमा 'शटल टाइम' कार्यक्रम, स्टार खेलाडी उत्पादनको लक्ष्य

जेठ ३०, २०८३
दाङ
दाङका विद्यालयमा 'शटल टाइम' कार्यक्रम, स्टार खेलाडी उत्पादनको लक्ष्य

नेपाल ब्याडमिन्टन संघले ब्याडमिन्टन वर्ल्ड फेडेरेसन (बीडब्लूएफ) तथा ब्याडमिन्टन एसियाको सहयोगमा दाङमा ‘शटल टाइम’ कार्यक्रम सम्पन्न गरेको छ।

विद्यालयस्तरमा ब्याडमिन्टन खेलको विकास र विस्तार गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रम ६ देखि १५ वर्ष उमेर समूहका बालबालिका लक्षित रहेको थियो ।

कार्यक्रमको मुख्य ध्येय बालबालिकाहरूलाई ब्याडमिन्टन खेलसँग जोड्दै स्वस्थ जीवनशैली, अनुशासन, आत्मविश्वास र नेतृत्व क्षमताको विकास गर्नु रहेको आयोजकले जनाएको छ ।

यसका साथै, तल्लो तहबाटै प्रतिभावान खेलाडीहरूको पहिचान गरी उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीका रूपमा तयार पार्ने संघको योजना रहेको छ।

सहभागिता र प्रशिक्षण

दाङका १८ विद्यालयका ४० जना शारीरिक शिक्षा शिक्षक र ३८ जना विद्यार्थीको सक्रिय सहभागिता रहेको कार्यक्रममा राष्ट्रिय संयोजक छविलाल शाहीले प्रशिक्षण सहजीकरण गरेका थिए ।

null

सहभागी शिक्षकहरूलाई बीडब्लूएफबाट प्रमाणित शैक्षिक सामग्री तथा आधुनिक प्रशिक्षण विधिहरूबारे प्रशिक्षित गरिएको छ । जसले आगामी दिनमा विद्यालयहरूमा ब्याडमिन्टन प्रशिक्षणलाई थप गुणस्तरीय बनाउने विश्वास लिइएको छ।

विश्वव्यापी मान्यता र भविष्यको लक्ष्य

'शटल टाइम' विश्वभर नै बीडब्लूएफद्वारा सञ्चालित एक सफल शैक्षिक परियोजना हो ।

यसले बालबालिकालाई ओलम्पिक खेल ब्याडमिन्टनको आधारभूत ज्ञान, करियरको सम्भावना र खेलकुदप्रतिको रुचि जगाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।

नेपाल ब्याडमिन्टन संघले विद्यालयस्तरमा खेलकुद संस्कृतिको विकास गर्दै सक्रिय पुस्ता निर्माण गर्ने अभियानलाई तीव्रता दिएको छ ।

दाङबाट प्राप्त उत्साहजनक प्रतिक्रियापछि संघले आगामी दिनमा देशका अन्य जिल्लाहरूमा पनि यो अभियानलाई निरन्तरता दिने जनाएको छ।

null

salt training

कमेन्ट गर्नुहोस्