×

NMB BANK
NIC ASIA

प्रकाश सपूतले भने – समाजको सिर्जना गर्ने, समाजकै चित्त दुखाउने मेरो नियत होइन

बैशाख ७, २०८०

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

गायक प्रकाश सपूतले आफ्नो गीत ‘सकम्बरी’माथि रात्रिकालीन मनोरन्जन व्यवसायी संघले जनाएको आपत्तिबारे स्पष्टीकरण दिएका छन् ।

Muktinath Bank

उनको गीतले अत्याधिक चर्चा र विवादका बीच युट्युबमा एक हप्तामै १ करोड भ्युज पाएर कीर्तिमान रेकर्ड कायम गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिहीवार आफ्नो गीत करोड पटक हेरिएकोमा उनले सबैलाई धन्यवाद दिँदै गीतलाई लिएर आएका सबैखाले प्रतिक्रियाहरूलाई मनन गरेको बताएका छन् । उनले माया र प्रशंसाले हौसला मिलेको र खबरदारीले सचेत गराएको उल्लेख गरेका छन् । 


Advertisment
Nabil box
Kumari

रात्रिकालीन मनोरन्जन व्यवसायी संघले ‘सकम्बरी’ गीतलाई लिएर विज्ञप्ति जारी गर्दै उक्त गीत हटाउन माग गरेको थियो ।

Vianet communication
Laxmi Bank

गायक सपूतले संघको उक्त विज्ञप्तिमाथि बिहीवार राती सामाजिक सञ्जालमार्फत प्रष्टीकरण दिएका हुन् । 

उनले लेखेका छन् ‘यो एउटा शैली हो । कथा निर्माण प्रक्रिया हो । यसलाई कुनै आधिकारिक रिपोर्ट सामग्री जस्तो गरी नबुझिदिनुहोला । यसलाई कथा वा कला सामग्रीको रुपमा बुझिदिनुहोला ।’ 

यदि दोहोरी साँझ नभएको भए आफू कलाकारका रुपमा स्थापित नहुने उनले बताएका छन् । ‘समस्या सबैतिर छ । त्यसैले हामी सबैको साझा उद्देश्य समस्या समाधान हो । मर्यादित र सफल व्यवसाय गर्ने, रोजगार सिर्जना गर्ने, आर्थिक रुपमा सम्पन्न, हिंसा रहित, विभेद रहित समाजको निर्माण गर्ने नै तपाई हाम्रो प्रयास हो’ उनले उल्लेख गरेका छन् । 

गायक सपूतले आफूले ५ वर्ष साँझमा काम गर्दै गर्दा थुप्रै अपमानजनक दृष्टिकोण खेपेको र थुप्रै नैतिक प्रश्नहरूको सामना गरेको पनि खुलाएका छन् ।

उनले आफ्नो सिर्जनाले प्रत्यक्ष, अप्रत्यक्ष रुपमा जो जसलाई चोट पुर्याएको छ र अपमानजनक महसुस भएको छ सबैसँग क्षमा मागेका छन् । ‘समाजको सिर्जना गर्ने तर समाजकै चित्त दुखाउने मेरो नियत हुँदै होइन’ उनले लेखेका छन् ‘म पनि यही समाज र परिवेशको उत्पादन हु । मेरो चेतना पनि यही निर्माण भएको हो । त्यसैले  कमजोरी छैन भन्दिन,  छ । तर सकि नसकी/जानि नजानि गर्न खोजेको चाही समाजका अध्यारा कथाहरू देखाएर उज्यालो तिर लाग्न प्रेरित गर्ने भन्ने हो ।’

उनले आफू नेपाल फर्केपछि दोहोरी साँझमा बसेर यसबारे समीक्षा गर्ने बताएका छन् । उनी केही दिनदेखि  साङ्गीतिक कार्यक्रमको शिलशिलामा अमेरिकामा छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x