३० जेठ २०८३, शनिबार

पाइलटले महिला मित्रलाई ककपिटमा बोलाएपछि...

बैशाख ८, २०८०
पाइलटले महिला मित्रलाई ककपिटमा बोलाएपछि...

भारतको एयर इन्डियाका एक पाइलटले दुबईबाट दिल्ली आउँदै गर्दा ककपिटमा महिला मित्रलाई बोलाएको भनी कर्मचारीहरूले उजुरी दिएका छन् । 

गत फेब्रुअरी २७ मा क्याप्टेनले ती महिलालाई ककपिटमा बोलाएको मात्र नभई बिजनेस क्लासको खानेकुरा दिन समेत कर्मचारीलाई अह्राएका थिए । 

एयर इन्डियाले यस घटनाको अनुसन्धानका लागि एक समिति गठन गरेको छ । मार्च ३ मा कर्मचारीहरूले यस विषयमा उजुरी दिएका थिए । 

विमान कर्मचारीलाई शुक्रवार उड्डयन प्राधिकरणले बयान दिन बोलाएको छ । 

उजुरीका अनुसार, एआई ९१५ विमानमा चढ्नु अघिबाट नै समस्या आइसकेको थियो । कर्मचारीहरूले रिपोर्टिङ टाइमभन्दा बढी समयसम्म पाइलटलाई कुरेका थिए । पाइलटहरू नआएपछि कर्मचारी विमानमा प्रवेश गरेका थिए । 

पाइलटहरू पछि यात्रुुसँगै विमानमा प्रवेश गरे । त्युपछि पाइलटले आफ्नी एक महिला मित्रका लागि बिजनेस क्लासमा सीट खाली छ कि भनी सोधे । ती महिला यात्रुलाई इकोनोमी क्लासबाट बिजनेस क्लासमा स्तरोन्नति गराउने पाइलटको उद्देश्य थियो । 

त्यसपछि पाइलटले महिला मित्रलाई ककपिटमा बोलाएका थिए अनि उनको आरामका लागि सिरानी ल्याउन कर्मचारीलाई अह्राएका थिए । ती महिला फर्स्ट अब्जर्भरको सीटमा बसेकी थिइन् । 

महिलाले ककपिटमा एक घन्टा बिताएकी थिइन् । 

उनी त्यहाँ बसुन्जेल कर्मचारीहरूलाई बारम्बार बोलाइएको थियो । महिलालाई बिजनेस क्लासको खाना र नास्ता उपलब्ध गराइएको थियो । त्यसले गर्दा विमान कर्मचारीहरूले अन्य यात्रुलाई सेवासुविधा दिन पाएका थिएनन् । 

महिला ककपिटभित्र हुँदा पाइलटहरू आफ्नो स्वाभावित अवस्थामा नरही पल्टिरहेको पाइएको गुनासो पनि कर्मचारीहरूले गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्