३० जेठ २०८३, शनिबार

महिला हिंसाबारे सचेत गराउन क्यानडाका पुरुष सांसदले हीलजुत्ता लगाएर गरे परेड (भिडियो)

बैशाख ८, २०८०
महिला हिंसाबारे सचेत गराउन क्यानडाका पुरुष सांसदले हीलजुत्ता लगाएर गरे परेड (भिडियो)

महिलामाथि हुने हिंसाका बारेमा सचेत गराउने उद्देश्यका साथ क्यानडाका पुरुष सांसदहरूले हीलजुत्ता लगाएर एउटा कोठामा परेड गरेका छन् । 

देशका यातायातमन्त्री ओमार अलगाब्राले घटनाको भिडियो ट्वीट गर्दै लेखे, ‘हाम्रो समाजमा महिला हिंसा अझै व्याप्त छ । होप इन हील्स कार्यक्रमले महिला हिंसाका बारेमा सचेत गराउँछ भने वयस्क पुरुष र किशोरहरूलाई समाधान खोज्न प्रेरित गर्छ । यस महत्त्वपूर्ण कारणका लागि हामीले महिलाको गुलाबी हील लगायौं ।’

होप इन हाई हील्स हाल्टन शहरमा रहेको महिला आश्रय केन्द्रले प्रायोजन गरेको हो । विगत चार वर्षदेखि यो अभियान चलिरहेको छ । 

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले चाहिँ यो अभियानको खासै अर्थ नरहेको र यो अपमानजनक भएको टिप्प्णी गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्