×

NMB BANK
NIC ASIA

पुल निमार्णमा ढिलाइ हुँदा लुम्बिनी जाने पर्यटकलाई सास्ती

बैशाख ९, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

भैरहवा–लुम्बिनी सडक खण्डअन्तर्गत गनगाईस्थित बेथरी पुल निर्माण सुरु भएको आठ वर्षसम्म पनि सम्पन्न नहुँदा स्थानीयले समस्या व्यहोर्नु परेको छ । 

Muktinath Bank

सरकारले २०७१ साल असारमा पप्पु बागमती जेभी कन्स्ट्रक्सनसँग २०७३ मा निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो । ठेकेदार कम्पनीले ढिलाइ गर्दा बुद्धको जन्मस्थल लुम्बिनी प्रवेश गर्ने पर्यटक तथा स्थानीयले दैनिक रुपमा समस्या व्यहोर्नु परेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लुम्बिनी जाने पर्यटकले पुल साँघुरो भएर वर्षेदेखि एकतर्फी रहेपछि आफूहरूलाई सास्ती भएको गुनासो गरेका छन् । पटक पटक ठेकेदार कम्पनीलाई निर्देशन दिए पनि बेवास्ता गरेकाले गत वर्ष उक्त ठेक्का तोडेर नयाँ ठेकेदार कम्पनी रमण रियल होम इन्फोटेक जेभी ललितपुरलाई जिम्मा दिइएको हो । पुरानो ठेकेदारले गर्न नसकेको बाँकी काम गर्न करिब रु १० करोडमा पुल निर्माणका लागि नयाँ ठेकेदारसँग सम्झौता गरे पनि अझैसम्म काम सुस्त गतिमा छ ।


Advertisment
Nabil box
Kumari

नयाँ ठेकेदारले पनि निर्माण सम्पन्न गर्न तदारुकता नदेखाउँदा लुम्बिनी सडक चार लेनको भए पनि उक्त पुल साँघुरो भएका कारण सवारी साधनको जाम लाग्ने गरेको छ । पुल निर्माण नहुँदा प्रहरीलाई गाडी पास गराउन सास्ती हुने गरेको छ ।

Vianet communication
Laxmi Bank

भैरहवाबाट लुम्बिनी जाने सडक विस्तारसँगै पुल पनि निर्माण गर्नुपर्ने हो तर पुलको निर्माणको काम अघि बढ्न नसक्दा सडक विस्तारको प्रतिफलसमेत अनुभूति नभएको लुम्बिनीका होटेल व्यवसायी खेम श्रेष्ठले बताए ।  

लुम्बिनी विकास कोषका सूचना अधिकारी डा हरिध्वज राईले लुम्बिनी आउने पर्यटक यही पुल हुँदै ९० प्रतिशत आउने भए पनि एकतर्फी पुलका कारण जाम हुने तथा दिक्क लाग्ने गरेको गुनासो गर्ने गरेको बताए ।  

हुलाकी सडक आयोजना कपिलवस्तुका प्रमुख विष्णुबाबु पाण्डेले तिनाउ खोला र डन्डा नदीमा पुल निर्माणको काम गर्ने ठेक्का रमण रियल होम इन्फोटेक जेभीले पाएपछि  छिटो सम्पन्न गर्न निर्देशन दिएको बताए । ‘यो पुल राष्ट्रिय महत्वको पनि भएकाले छिटो सम्पन्न गर्न कम्पनीलाई निर्देशन दिएका छौँ ।’ उनले भने ।  

छिटो सम्पन्न गरेर लुम्बिनी जाने आउने यात्रुलाई सहज हुने वातावरण तयार हुने उनले बताए । यस वर्षभित्र तिनाउ पुल निर्माण सम्पन्न गर्ने, त्यसपछि अर्को पुलको काम गर्ने प्रतिबद्धता ठेकेदारले जनाएको सडक कार्यालयले जनाएको छ । अहिले तिनाउ पुलको जग बसाल्ने र केही रड खसाल्ने काम भएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x