
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेकाले कारबाही गर्न भन्दै चितवन निर्वाचन क्षेत्र नम्बर २ का मुख्य निर्वाचन अधिकृतसमक्ष उजुरी परेको छ ।
नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठका तर्फबाट निर्वाचन प्रतिनिधि ध्रुवराज पोखरेलले उजुरी दिएका हुन् ।
निर्वाचन प्रक्रिया सूचारु भइरहेको अवस्थामा सामाजिक सञ्जाल र अनलाइन मिडियाबाट लामिछानेले मत मागेको अडियो/भिडियो सार्वजनिक भएको भन्दै कारबाहीका लागि माग गरिएको छ ।
लामिछानेले विभिन्न मतदान स्थलमा हुल हुज्जत गर्ने/गराउने गरी मतदातालाई प्रभावित पारेको समेत आरोप लगाइएको छ ।
विभिन्न मतदान स्थलमा प्रमुख जिल्ला अधिकारीको ठाडो निर्देशनमा सुरक्षाकर्मीद्वारा एक पक्षीय ढंगबाट मतदाता र मतदान प्रतिनिधिहरूमाथि लाठी चार्ज गर्ने र मतदातालाई भयभित गर्ने गराउने काम गरिएको उजुरीमा उल्लेख छ ।
त्यसैगरी नयाँ किरण मावि भोजाड मतदान स्थलमा असहज परिस्थिति सिर्जना भएकाले मतदान स्थगित भएपछि बसेको मतदान अधिकृत र सम्बन्धित राजनीतिक दल रास्वपाका प्रतिनिधिहरू समेतको संयुक्त बैठकले रास्वपा र उसका उम्मेदवारले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको स्वीकार गर्दै तत् सम्बन्धी कारबाहीका लागि सिफारिश गर्ने निर्णय गरिएको समेत उजुरीमा उल्लेख छ ।
हेर्नुहोस्, उजुरी :