
दीपेन्द्र लामाको लेखन एवं निर्देशन रहेको फिल्म ‘नांगो गाउँ’ भदौमा प्रदर्शनमा आउने भएको छ ।
दयाहाङ राई र मिरुना मगरको शीर्ष भूमिका रहेको फिल्म भदौ २९ गतेबाट प्रदर्शनमा आउने भएको हो ।
निर्माण टिमले आइतवार फिल्मको पोष्टर सार्वजनिक गर्दै तीज छेकोलाई प्रदर्शन मिति तय गरेको हो ।
यो फिल्ममा दयाहाङ र मिरुनासंगै कार्म, साम्राज्ञी राज्यलक्ष्मी शाह, बुद्धि तामाङ, रवीन्द्र झा र शिशिर वाङ्देलको पनि शीर्ष भूमिका छ ।
हिमाल शर्माको प्रस्तुतिमा तयार भएको फिल्ममा जय श्रेष्ठको लगानी छ । सार्वजनिक पोस्टरले फिल्मको कथावस्तु र सेटिङलाई चित्रण गरेको छ ।
एक गाउँको पृष्ठभूमिमा चुनावी र्याली गरेको दृश्य पोस्टरमा चित्रित छ । ‘कबड्डी ४’ र ‘जारी’बाट हिट साबित दयाहाङ र मिरुनाको जोडीले ‘नांगो गाउँ’मा तेस्रोपटक स्क्रिन सेयर गरेका हुन् ।
