२९ असार २०८३, सोमबार

दूषित बन्दै गएको राजनीतिलाई सङ्ल्याएर अर्थतन्त्रलाई माथि उकास्नुपर्छः सांसद वाग्ले

बैशाख १२, २०८०
दूषित बन्दै गएको राजनीतिलाई सङ्ल्याएर अर्थतन्त्रलाई माथि उकास्नुपर्छः सांसद वाग्ले

तनहुँ क्षेत्र नं १ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेलाई प्रमाणपत्र प्रदान गरिएको छ । मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले आज आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट निर्वाचित डा. वाग्लेलाई प्रमाणपत्र प्रदान गरेका हुन् ।

३४ हजार ९ सय ११ मत प्राप्त गरी विजयी भएका डा. वाग्लेले तनहुँवासीले गर्व गर्न लायक सांसद बनेर देखाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले जिल्लाको विकासका साथै देशका मुद्दा सम्बोधनका लागि आफूले भूमिका खेल्ने उल्लेख गरे।

साथै  उनले देशको राजनीतिक अभ्यास, आर्थिक शिथिलता र युवाको नैराश्यतालाई एकसाथ चिर्नुपर्ने बताए । ‘राजनीति सही दिशामा छैन्, दूषित बन्दै गएको छ, यसलाई सङ्ल्याउनुपर्छ’ उनले भेन । राजनीतिलाई सङ्ल्याएर अर्थतन्त्रलाई माथि उकास्नुपर्ने डा. वाग्लेको भनाइ थियो ।

salt training

कमेन्ट गर्नुहोस्