
कोरोना भाइरस संक्रमण पुनः बढेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलवार १ हजार ५९१ जनामा गरिएको परीक्षणमा १३६ जनामा संक्रमण पुष्टि भएको छ ।
सक्रिय संक्रमित ३९० जना पुगेका छन् । सोमवार ११३ जनामा संक्रमण फेला परेको थियो । मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा २७ जना, सघन उपकक्ष (आईसीयू) मा ४ जना र भेन्टिलेटरमा १ जना उपचाररत रहेका छन् ।
मंगलवार ६४ जना कोरोना उपचारपछि घर फर्किएका छन् । मन्त्रालयले कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेकाले खोप लगाउन आग्रह गरेको छ । नेपालमा छिमेकी देशमा भारतमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि. १.१६ देखापरेको छ ।
शून्यमा झरेको संक्रमण नेपाल भारत खुला सीमानाका कारणले संक्रमित नेपाल प्रवेश गर्नाले फैलिएको छ ।