३० जेठ २०८३, शनिबार

छोराको कान छेडाउँदा पिता पक्राउ ! (भिडियो)

बैशाख १३, २०८०
छोराको कान छेडाउँदा पिता पक्राउ ! (भिडियो)

अमेरिकाको अर्कान्सासमा प्रहरीले जेरेमी शेरल्यान्ड नामक व्यक्तिलाई अनौठो कारणले पक्राउ गरेको छ । 

शेरल्यान्डले आफ्नो छोराको जबर्जस्ती कान छेडाएकाले पक्राउ गरिएको प्रहरीको भनाइ छ । आफूलाई बुवाले रक्सी पिएर बेस्सरी अँठ्याएको अनि कानको लोतीमा जबर्जस्ती प्वाल पारेको छोराले आरोप लगाएको पाइएको छ । 

छोराले यो कुरा विद्यालयलाई बताएपछि त्यहाँको रिसोर्स अफिसरले प्रहरीलाई सम्पर्क गरेका थिए । 

त्यसपछि प्रहरी शेरल्यान्डको घरै पुगेर उनलाई पक्राउ गरेका थिए । 

अहिले शेरल्यान्डलाई धरौटीमा रिहा गरिएको छ । उनको परिवारले कानूनी खर्च उठाउनका लागि अन्लाइनमार्फत पैसा उठाइरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्