०८ असार २०८३, सोमबार

सशस्त्र प्रहरीमा राजनीतिक हस्तक्षेप शून्य छ : आईजीपी अर्याल

बैशाख १८, २०८०
सशस्त्र प्रहरीमा राजनीतिक हस्तक्षेप शून्य छ : आईजीपी अर्याल

सशस्त्र प्रहरी बल (एपीएफ) का महानिरीक्षक (आईजीपी) राजु अर्यालले सशस्त्र प्रहरीमा राजनीतिक हस्तक्षेप शून्य रहेको बताएका छन् । आज (सोमवार) आईजीपी नियुक्ति भएको एक वर्षको कार्यविवरण प्रस्तुत गर्ने क्रममा आईजीपी अर्यालले सशस्त्र प्रहरीमा राजनीतिक हस्तक्षेप नभएको बताएका हुन् ।

पत्रकारले सोधेको प्रश्नमा जवाफ दिँदै आईजीपी अर्यालले भने, ‘अहिले सशस्त्रमा कुनै पनि राजनीतिक हस्तक्षेप छैन ।’

उनले अहिले सशस्त्र प्रहरीमा हुने सरुवा बढुवा लगायतका विषयमा राजनीतिक हस्तक्षेप नभएर सशस्त्रले आफ्नो हिसाबले गर्दै आएको दाबी गरेका छन् । 

‘अहिले सशस्त्र प्रहरीले आफ्नो हिसाबले सरुवा बढुवा गरेको छ,’ आईजीपी अर्याललेको दाबी थियो ।

यस्तै सशस्त्र प्रहरीले सीमा सुरक्षाका लागि टेन्ट बसेर भए पनि आउट बोर्डर पोष्ट (बीओपी) थप गर्ने बताएको छ । ‘सीमा सुरक्षाको विषयमा सशस्त्रले कुनै कुरामा पनि ‘कप्रमाइज’ गर्दैन हामी टेन्टमा सुतेर भए पनि बीओपी थपेर सुरक्षा दिन्छौं,’ आईजीपी अर्यालले भने । सशस्त्रले आवश्यकता परेको ठाउँमा बीओपी थप्दै जाने उनले बताएका छन् ।

आइतवार मात्रै झापा, बारा, दाङ, बर्दिया र दार्चुलामा २१ वटा बीओपी थप गरेको उनले जानकारी दिए ।

पछिल्लो समयमा गृहमन्त्रालय पनि बीओपीको संख्या बढाउने बताएको थियो । जनशक्ति र भौतिक संरचनाको अभावका बीचमा पनि बीओपी थपिएको उनको भनाइ छ । अहिले पनि धेरै जसो बीओपीहरूमा सशस्त्रका कर्मचारीहरू टिन र पालमुनि बस्नु पर्ने वाध्यता रहेको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्