![अनौठो दृश्य : ‘स्कर्ट’ लगाएका युवक मेट्रो स्टेसनमा आएपछि यात्रु हेरेको हेर्यै [भिडियो]](https://lktcdn2.prixacdn.net/media/scort_VC7kj6C71O.jpg)
कुनै बेला पुरुष र महिलाका छुट्टाछुट्टै पोशाक हुन्थे । टाढैबाट पोशाक हेरेर महिला–पुरुष पहिचान गर्न सकिन्थ्यो तर पछिल्लो समय महिला र पुरुषका पोशाक समान हुन थालेका छन् ।
महिलाहरू पाइन्ट र सर्टमा देखिन थालेको धेरै भइसक्यो तर यतिबेला पुरुष पनि स्कर्टमा देखिन थालेका छन् ।
भारतको राजधानी दिल्लीस्थित मेट्रो स्टेसनबाट एक भिडियो भाइरल भइरहेको छ, जसमा २ युवक स्कर्टमा देखिएका छन् ।
विना कुनै हिच्किचाहट स्कर्टमा उत्रिएका युवकलाई यात्रुले हेरेको हेर्यै भएका छन् । युवकले स्कर्ट लगाएको भिडियो समीर खान नामको पोस्टबाट सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।