कात्तिक ८, २०८०
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
सत्यम् शिवम् सुन्दरम्काे नेपाली अनुवाद प्रकाशमा आएको छ । हालै एक समारोहबीच सार्वजनिक भएको प्रस्तुत पुस्तक ४ खण्डमा विभाजित छ ।
एन कस्तुरीद्वारा अंग्रेजीमा लेखिएको पुस्तकलाई पूर्व सचिव तथा वरिष्ठ साहित्यकार विनोदप्रसाद धितालले नेपालीमा अनुवाद गर्नुभएको हो, जसमा सत्य साई बाबाको जन्म प्रकरणदेखि सन् १९८० भन्दा पहिलेको लीला गतिविधि समेट्ने प्रयास भएका छन् ।
विनोदप्रसाद धिताल नेपाली साहित्य पारखीहरूका निम्ति चिरपरिचित नाम हो । राधामिलन खण्डकाव्य, आचार्य विष्णुगुप्त चाणक्य उपन्यास (अनुदित), उज्यालो हुनुअघि उपन्यास, द डिभाइन कमेडी महाकाव्य (अनुदित), योजनगन्धा उपन्यास, साई सच्चरित्र सिरडी साई बाबाको चरित्र (अनुदित), अस्ताएको चन्द्रमासँग कवितासंग्रह जस्ता कालजयी कृति प्रकाशित गराइसक्नुभएका धिताल ख्यातानामा साहित्यकारमा पर्नुहुन्छ । साझा प्रकाशनले छापेको उहाँको योजनगन्धा नामक उपन्यास २०५२ सालको मदन पुरस्कार र साझा पुरस्कार प्राप्त कृति हो ।
सत्यम् शिवम् सुन्दरम् चारै खण्डको नेपाली अनुवाद २०६३ सालअघि नै सम्पन्न भइसकेको भए पनि परिस्थितिले लामो समयसम्म पाण्डुलिपिमै बाध्य गरायो । अनुवादक साईभक्त हुनुहुन्थ्यो । साई बाबाकै कृपाले चौथो भागको अनुवाद सम्भव भएको उहाँकै भनाइले पुष्टि गर्छ । तथापि उहाँकै जीवनकालमा प्रकाशित गर्ने साइत भने जुरेन । सायद नियतिको इच्छा नै यही रहेको हुनुपर्छ, तत्कालै बाबाले बोलाउनुभएकाले प्रकाशनको कामलाई थाती राखेर उहाँ साई धाममा लीन हुन पुग्नुभयो । हाल उहाँका सुपुत्र डा. अच्युतप्रसाद धिताल र पुत्रबधु गीता धितालले प्रकाशन सम्बन्धी बाँकी काम सम्पन्न गरी प्रकाशित गर्नुभएको हो ।
सत्य साई बाबा सिरडी साई बाबाको निरन्तरता मानिनुहुन्छ । बाबाले नै आफू सिरडी साईको द्वितीय अवतार भनेर घोषणा गर्नुभएको कुरा यसै पुस्तकमा उल्लेख छ । सन् १९२६ को नोभेम्बर २३ मा दक्षिण भारतमा पर्ने पुट्टपर्ती निवासी राजु परिवारमा जन्मिनुभएको बाबाले सन् २०११ अप्रिल २४ मा ८५ वर्षको उमेरमा समाधि लिनुभएको थियो ।
सानैदेखि बाबाका दिव्य लीलाहरूलाई नजिकबाट नियाल्दै आउनुभएका एन कस्तुरीले बाबाका तिनै लीलारसलाई लिपिबद्ध गर्नुभएको हो । त्यसैले प्रस्तुत अनुवादबाट बाबालाई जान्न र बुझ्न चाहने नेपालीहरूले अथेष्ट लाभ लिन सक्ने देखिन्छ । भनिरहनु परोइन, हाल नेपालमा पनि साईभक्तहरू बढ्दै गएका छन् । यस्तो अवस्थामा प्रस्तुत अनुवादको महत्त्व अझ बढी हुन पुगेको प्रस्टै अनुभूत गर्न सकिन्छ ।
बाबाले आफूलाई धर्म स्थापन गर्न आएको बताउनुभएको छ र पूरा जीवन यसैमा समर्पित गर्नुभएको छ । त्यसैले बाबालाई चिनाउन कुनै चमत्कारको आवश्यकता पर्दैन । उहाँले मानव सेवामा दिनुभएको देन र मानव धर्मको विकासमा गर्नुभएको योगदान नै काफी छ । तथापि भक्तहरूलाई त्यसको जानकारी दिन यदाकदा त्यस्तै अलौकिक लीला गरेर अचम्मित पार्ने गर्नुभएको थियो । यस अर्थमा उहाँको चमत्कार उहाँलाई भन्दा भक्तहरूलाई बढी आवश्यक रहेको सोझै अनुमान गर्न सकिन्छ । उहाँका यस्तै लीलाहरूका कारण नै भक्तहरूमा उहाँप्रतिको भक्ति प्रगाढ हुन पुगेको हो ।
भगवान् कृष्णले माता यशोदा लगायत गोकुलवासीहरूलाई आफ्नो स्वरूप बोध गराउन यदाकदा यस्तै अलौकिक लीला गर्नुभएको थियो । उहाँलाई त्यस्तो लीलाको आवश्यकता नै थिएन । उहाँ त सनातन पूर्ण ब्रह्म हुनुहुन्थ्यो । ‘कृष्णस्तु भगवान् स्वयम्’ (भागवत १।३।२८) भनेर व्यासजी आफैंले यसको उद्घोष गर्नुभएको छ । उहाँको लीला त भक्तहरूकै हित खातिर प्रस्तुत हुने गर्थे । किनभने उहाँको गतिविधि देखेर गोकुलवासी भक्तहरू डराउने गर्थे । त्यस्तो बेला उहाँ यस्तै अलौकिक लीला प्रस्तुत गरेर उत्साहित गराउने गर्नुहुन्थ्यो ।
बाबाका अलौकिक लीलाहरूलाई पनि यसैभित्र लिनुपर्ने हुन्छ । जब भक्तहरूमा बाबाप्रति केही आशंका उत्पन्न हुन्थ्यो, तब बाबाले त्यस्तै अलौकिक लीला गरेर देखाएर विश्वास जगाउनुहुन्थ्यो ।
बाबा सिद्धिप्राप्त महापुरुष त हुनुहुन्थ्यो नै, साथै सिद्धिलाई मार्न सक्ने क्षमता पनि राख्नुहुन्थ्यो । सिद्धि प्राप्त गर्नु एउटा कुरा हो, त्यसलाई मार्न सक्नु अर्को कुरा हो । सिद्धि प्राप्त गर्न त धेरैले सक्छन्, सकेका हुन्छन् तर मार्न भने सबैले सक्दैनन् । भागवतमा व्यासजीले त्यस्ता व्यक्तिको चर्चा गर्दा शुकदेवपछि २ वटा पात्रको नाम लिनुभएको छ, जसमा भागवत परमहंस ऋषभदेव र ज्ञानी परमहंस भरत पर्दछन् । उनीहरूले सिद्धि प्राप्त गरेका मात्र थिएनन्, मारेका पनि थिए । यस अर्थमा बाबालाई पनि यस्तै महापुरुषमा लिनुपर्ने हुन्छ । उहाँले सिद्धि प्राप्त गर्नुभएको थियो ।
प्राप्त गर्नुभएको थियो र त कर्तुम् अकर्तुम, अन्यथा कर्तुम् सर्वसमर्थ हुनुहुन्थ्यो । तथापि त्यसलाई मार्ने क्षमता समेत रहेकाले विशेष परिस्थितिबाहेक त्यसलाई प्रकट हुन दिनुभएको थिएन ।
सत्य, धर्म, प्रेम र शान्ति नै साई बाबाका प्रमुख उद्देश्य थिए र समाजमा यसैलाई स्थापित गर्ने काम गर्नुभएको थियो । यद्यपि उहाँको जीवन अवधिलाई लिएर कहीँ कतै आशंका गर्नेहरू पनि देखापरेका छन् । यसमा बाबाले आफूलाई सय वर्षका लागि आएको बताउनुभएको कुरालाई लिइएको छ । सरसर्ती हेर्दा यस्ता आशंकालाई आफैंमा गलत भन्न सकिने स्थान देखिन्न तर के बिर्सन हुन्न भने महापुरुषहरूको लीला चर्मचक्षुले देखेजस्तो सोझो हुँदैन । उनीहरू लीलानिकुञ्जमा कुन फर्मूला प्रयोग गर्छन्, कसैलाई पनि थाहा हुँदैन ।
सौरमाण अनुसार हेर्दा सत्य त्यही हो, जुन देखिएको छ तर चान्द्रमाण अनुसारको कुरा गर्ने हो भने यसको हिसाब अर्कै निस्किन्छ ।
बाबाका दिव्य लीलाहरू समेटिएकाले सत्यम् शिवम् सुन्दरम् अनुपम ग्रन्थ हुन पुगेको छ । ४ भागको सेटको मूल्य जम्मा ५०० रुपैयाँलाई समय अनुसार महंगो भन्न त झनै मिल्दैन । कृतिको स्वरूप र विशेषतालाई मनन् गर्दा यो अति नगन्य मूल्य हो ।
यस्तो बहुमूल्य कृतिलाई अनुवाद गरी विनोदप्रसाद धितालले नेपाली पाठकहरूलाई ठूलो गुन लगाउनुभएको छ । यस अर्थमा अनुवादक र प्रकाशकलाई धन्यवाद दिनैपर्छ । सामान्य शुद्धाशुद्धिबाहेक पुस्तकको खासै कमीकमजोरी छैन । तथापि भन्नैपर्दा अनुवादकले कतिपय प्रचलित शब्दलाई पनि ब्राकेटभित्र राखेर थप प्रस्ट पार्ने प्रयास गर्नुभएको छ । सर्सर्ती हेर्दा यसको आवश्यकता देखिन्न । किनभने मूल शब्द नै अर्थ बोध गराउन समर्थ छन् । यसमा भने पुस्तक सबैका लागि सुबोध बन्न सकोस् भन्ने नै अनुवादकको आशय अनुभूत गर्न सकिन्छ ।
अर्को कुरा वितरक को हो भन्ने कतै खुलेको छैन । यस्तो अवस्थामा पढ्न चाहने पाठकले पुस्तक कहाँबाट प्राप्त गर्न सकिन्छ भन्नेमा अल्मलिन सक्छन् ।
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...
विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...