कात्तिक ३०, २०८०
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
नेपालको संविधान २०७२ जारी भएसँगै नेपाल स्वतन्त्र अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, ‘धर्मनिरपेक्ष’, समावेशी, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य बन्यो । संविधान घोषणा हुनुभन्दा पहिला नेपाल विश्वमा एकल हिन्दू राष्ट्रको रूपमा परिचय थियो/बनाइएको थियो । संविधानमा धर्मनिरपेक्षता शब्दलाई कोष्ठक ‘()’ मा परिभाषित गर्दै ‘सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण’ भनी व्याख्या गरिएको छ । व्याख्याले मूलतः हिन्दू, बौद्धजस्ता धर्मको संरक्षणलाई केलाउन खोजेको हो ।
पछिल्लो जनगणनाको रिपोर्टमा धर्मसम्बन्धी विवरण सार्वजनिक गरिएको छैन । २०६८ को जनगणना अनुसार नेपालमा हिन्दू धर्म मान्नेको संख्या ८१.३ थियो भने बौद्ध धर्म पछ्याउने ९, मुस्लिम ४.४ र इसाई १.४ प्रतिशत थिए । नेपालले धर्मनिरपेक्षताको संवैधानिक आवरण ग्रहण गरेदेखि नै यो शब्दलाई लिएर आपत्ति र विमतिका स्वरहरू उठ्न थालेका थिए । निरपेक्ष शब्दको अर्थ सामान्यतया कुनै कुराप्रति वास्ता नराख्ने भन्ने बुझिन्छ । अंग्रेजीमा धर्मनिरपेक्षताको लागि ‘सेकुलारिजम’ शब्दको प्रयोग गरिएको पाइन्छ । जसको अर्थ धार्मिक वा आध्यात्मिक मामिलासँग जोडिएको बुझ्न सकिन्छ । भनिन्छ कुनै पनि धर्म राजकीय हुँदैन । राजकीय स्तरमा धर्मको विरोध नगर्नु धर्मनिरपेक्षता हो । साथै राज्य र धर्मको कार्यक्षेत्र फरक फरक हुन्छ र एक अर्काको पथमा कुनै अवरोध सृजना गर्दैन । प्रत्येक नागरिकलाई धार्मिक स्वाधीनता प्राप्त हुन्छ ।
व्यापकतामा नियाल्दा एउटा धर्मतन्त्र (थियोक्रेसी) राज्य हुन्छ । जसको प्रमुख विशेषता पुरै धर्मको कन्ट्रोलमा हुन्छ । अर्थात् धर्मग्रन्थलाई संविधानको मान्यता दिन्छ । धर्मप्रमुख कुनै राज्यको प्रमुख छ भने त्यो धर्मप्रमुखमै पर्छ । धार्मिक विशेषाधिकार देखाइदिन्छ । जस्तै, भेटिकनसिटी जो इटलीको राजधानी रोमसँग जोडिएको छ र त्यहाँ क्याथोलिक क्रिचनको पोप राष्ट्राध्यक्ष हुन्छ । यो धर्मतन्त्रको उच्चतम नमूना हो । तिब्बतलाई पनि ‘थियोक्रेसी’अन्तर्गत राखिन्छ । दलाई लामा एउटा पदवी हो जसले बुद्धधर्मको मानकका आधारमा राज्य चलाउँदै आएको छ । ग्रिसको यूनानमा माउण्ट एथोस, परम्परागत इशाइहरूले देश चलाउँदै आएका छन् जुन क्रिश्चियन पुरुषहरूको हालीमुहाली रहेको देश हो । इरानको अवस्था पनि यस्तै रहेको छ । १०७९ मा इस्लामिक क्रान्ति हुनभन्दा पहिला इरान एउटा सेकुलर राज्य थियो । आयातुल्ला खुलानीको नेतृत्वमा इस्लामिक क्रान्ति पश्चात यो धार्मिक राज्य हुन गयो । कुरान र सैरियतलाई संविधानको दर्जा छ । त्यहाँ संविधानतः संसद्ले कुनै बिल पास गर्दा धर्म गुरुकोमा जान्छ र प्रमाणीकरण गरिन्छ । आयातुल्ला पश्चात पनि त्यहाँ अली खमेनी नामक धार्मिक व्यक्ति अहिले उक्त पदमा छ । उनीसँग भिटो पावर हुन्छ । विश्वमा यस्ता थुप्रा उदाहरणहरू छन् ।
धर्मनिरपेक्षताका सवालमा गम्भीर बहस आवश्यक छ । संविधान मान्दिनँ तर, धर्मनिरपेक्षता ठीक छ भन्नेहरू र धर्मनिरपेक्षताबाहेक संविधानमा सबै ठीक देख्नेहरू भ्रान्तिबाट बाहिरिनु जरुरी छ ।
त्यसैगरी अर्को हुन्छ धर्मप्रभावित राज्य । यो धर्मतन्त्रभन्दा अलि लचिलो हुन्छ । यसमा संविधान हुन्छ र साथै राज्यमा कुनै धर्मको विशेष प्रभाव । यसमा अमुक धर्ममान्ने नागरिकले विभिन्न प्रकारको सुविधा (प्रिभिलेज) पाउने गर्छ । उक्त धर्मका नेताहरूलाई विशेष अधिकार हुन्छ । धर्मको ढाँचा भन्दा संविधानको ढाँचामा फरक देख्नेहरू हुन्छन् ।
नेपालमा हिन्दू धर्मको ‘कथित–राज्यकरण’ गर्ने पृथ्वीनारायण र संवैैधानिकरण गर्ने राजा महेन्द्र र उनका सन्तानहरूले पनि अन्य धर्ममाथि कुनै कठोरता राखेको देखिँदैन । नारायणहिटी दरवारनजिकै जामा मस्जिद बनाउनदिनु त्यसको संकेत हो । इसाई बाहुल्य भएका धेरै देशहरू धर्म प्रभावित रहेको छ । स्केन्डेभियन देशहरू धेरै विकशित र उन्नत देशहरू छन् र त्यहाँ पनि राजकीय धर्म छ । जस्तै डेनमार्कमा चर्च अफ डेनमार्क राजकीय धर्म छ । नर्वे, स्वीडन, फिनलेण्डहरूले आफ्नो देशको चर्चलाई खुलेर मान्यता दिन्छ । कानूनी मान्यतासमेत दिनेगर्छ र यो एउटा खुला सत्य हो । बेलायतको राजा वा रानी चर्च अफ इंगल्याण्डको अभिभावक हुन्छ । इस्लामिक ५० भन्दा आधिक इस्लामिक देशहरूमध्ये अधिकतम १० देश धर्मनिरपेक्ष होला । बाँकी सबै धार्मिक स्टेट हुन् । पाकिस्तान, बंगलादेशहरूले संविधानमै इस्लामिक स्टेट उल्लेख गरेको छ । ब्रुनाई, साउदी अरब, इराक, मिडील इस्टका देशहरू धर्मबाट अधिक्तम प्रभावित रहँदै आएको छ । विश्वमा बौद्ध धर्मबाट प्रभावित देशहरू धेरै छन् । भुटान, कम्बोडिया, श्रीलंकाहरूमा बौद्ध धर्मको व्यापक प्रभाव छ । लाओसमा पनि बौद्धको प्रभाव छ । त्यसैगरी इजराइललाई यहुदी देशको रूपमा चिनिन्छ । संविधानमा नलेखिएको भए पनि यहुदीहरूलाई विशेषाधिकार दिइएको भान हुन्छ । विश्वमा कुनै पनि यहुदीले इजराइलको नागरिकता लिन चाहेको छ भन्ने निजले सजिलै नागरिकता पाउँछ । त्यहीँ अन्य धर्ममान्नेहरूको हकमा त्यस्तो लचकता छैन ।
नेपाल कोष्ठभित्रको धर्मनिरपेक्ष राष्ट्र बनाइएदेखि राष्ट्रियस्तरमा मतैक्यताको खाँचो देखिएको छ । बहुसंख्यक हिन्दू नेपालीले धर्मनिरपेक्षताको विरोध गर्नु सामान्य हुनसक्छ । तर देशका बौद्धिक समाजको ठूलो हिस्सा दक्षिणपन्थी र वामपन्थी कित्तामा उभिएको देखिन्छ । नेपालका प्रायः दलका केही नेताहरूले ‘नेपाल हिन्दू राष्ट्र भएकै राम्रो’ भनी सार्वजनिकरूपमा बोल्दै आइरहेका छन् । चर्चको संख्या बढ्ने नेपालमा हिन्दूवादी संगठनहरूको सक्रियता बढ्नु स्वाभाविक हो । अहिले नेपालमा धार्मिक संवेदनशीलता (रिलिजियस सेन्सीटीविटी)का आयामहरू बढ्न थालेका छन् । देशको राष्ट्रप्रमुख वा सार्वजनिक ओहदाका व्यक्तिहरू राजकीय प्रोटोकलमा रहँदा पशुपतिनाथको दर्शन गरुन् वा धार्मिक समारोहमा सभागिता जनाउन्, दुई खालको प्रतिक्रिया आउने गर्छ । पहिलो, फरक धर्म पछ्याउने नागरिकले राज्यलाई तिरेको करबाट सुविधाभोग गरेर कुनै विशेष धर्मिक क्रियाकलाप गर्नु हुँदैन । अर्को समूह छ जसले केपी शर्मा ओलीजस्तै पुष्पकमल दाहालले पनि पशुपतिनाथमा जलहरी चढाएको देख्न चाहन्छन् । नेपालमा सक्रिय रहँदै आएको सनातनी संगठनहरूले धर्मान्तरणको विरोध जनाइरहेका छन् । नेपालको सन्दर्भमा धर्मनिरपेक्षताबारे कतिले जनमतसंग्रह गराउनुपर्ने माग गरिरहेका छन् । बढ्दै गरेको धार्मिक क्लेशका सम्भावित आयामहरूमा दलका जिम्मेवार ओहदामा बस्ने नेताहरू धार्मिकरूपमा जति सक्रिय छन् त्यति नै मौन पनि ।
अन्त्यमा, अमेरिकी राजनीतिक वैज्ञानिक स्यामुएल फिलिप्स हन्टिङटनले आफ्नो पुस्तक ‘दि क्लायश अफ सिभीलाइजेशन’ मा भनेका छन्, ‘अधिकांश धार्मिक पहिचानमा आधारित सभ्यताहरू भ्विष्यमा द्वन्द्वको बढ्दो महत्वपूर्ण स्रोत बन्नेछ । सभ्यताको पहिचान धेरै बलियो भएकोले ‘वल्र्ड कल्चर’को कुनै सम्भावना हुने छैन ।’ जुन पुस्तकलाई शीत युद्ध पछिका नयाँ विश्वव्यवस्ताको सन्दर्भमा सबैभन्दा बढी परिचित मानिन्छ ।
नेपाल जस्तो देशमा धार्मिक कलह बढ्नु भनेको दरिद्रतालाई झन् बढावा दिनु हो । नेपाल ऋण, अनुदान र आयातमा चल्ने देश भए पनि योसँग एकथान संविधान छ । संविधानको प्रस्तावनामा लेखिने र देखिने उपल्ब्धीहरू कार्यान्वयनको आधारमा मात्र यसले आवश्यक सहयोग प्राप्त गर्न सक्नेछ । अतः धर्मनिरपेक्षताको सवालमा राजनीतिक दलका नेतादेखि बुद्धिजिवी कित्तामा गम्भीर बहसको विषय बन्नुपर्यो । संविधान पनि मान्दिनँ तर धर्मनिरपेक्षता ठीक छ भन्नेहरू र धर्मनिरपेक्षता बाहेक संविधानमा सबै ठीक देख्ने ‘हलाल–तर्क’ जस्तो भ्रान्तिबाट बाहिरिनु जरुरी छ ।
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...