०९ साउन २०८३, शनिबार

भारत : छत्तीसगढमा प्रहरीसँगको भिडन्तमा माओवादीहरूको मृत्यु

बैशाख २५, २०८०
भारत : छत्तीसगढमा प्रहरीसँगको भिडन्तमा माओवादीहरूको मृत्यु

भारतको छत्तीसगढमा प्रहरीले दुईजना माओवादी लडाकूलाई भिडन्तमा मारेको छ । 

मारिएका माओवादीहरू एलओसएस कमान्डर मकडम एर्रा र पोडियम भीमे हुन् । एर्राको नाममा ८ लाख भारु र भीमेको नाममा १ लाख भारु पुरस्कार थियो । 

यिनीहरू सुकमा, दन्तेवाडा र बीजापुर क्षेत्रमा लामो समयदेखि सक्रिय थिए । उनीहरू नक्सली आक्रमणमा संलग्न थिए । 

यी दुई माओवादीको मृत्युपछि नक्सली संगठनलाई ठूलो झड्का लागेको सुकमा एसपी सुनिल शर्माले बताए । 

डिस्ट्रिक्ट रिजर्भ गार्ड र सेन्ट्रल रिजर्भ पुलिस फोर्सको संयुक्त टीमले सोमवार बिहान भएको भिडन्तमा दुई माओवादीको मृत्यु भएको हो । 

salt training

कमेन्ट गर्नुहोस्