भारतको उत्तर प्रदेशमा रहेको बागपतमा स्थानीय निर्वाचनका एक उम्मेदवारलाई दूधले नुहाइएको छ ।
बहुजन समाज पार्टीबाट बडौत नगरपालिकामा प्रमुख पदका उम्मेदवार मुकेश उपाध्यायलाई दूधले नुहाइएको हो ।
सोमवार राति उनले चुनाव प्रचार गर्दै गर्दा समर्थकहरूले कैयौं लिटर दूधका साथ उनको दुग्धाभिषेक गरे । यसको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
यो चुनाव मे ११ अर्थात् बिहीवार हुन गइरहेको छ ।
बागपत में दूध से नहलाया गया बीएसपी प्रत्याशी। चुनाव प्रचार के दौरान का वीडियो हुआ वायरल। बड़ौत नगर पालिका परिषद से बहुजन समाज पार्टी से अध्यक्ष पद प्रत्याशी हैं मुकेश उपाध्याय@NavbharatTimes pic.twitter.com/5vc8I2GhtI
— NBT Uttar Pradesh (@UPNBT) May 9, 2023