अमेरिकाको टेनेसीस्थित एक विद्यालयमा कक्षाकोठाभित्रै फोन चलाउने विद्यार्थीको फोन शिक्षकले खोसेका छन् ।
खोसेको फोन फिर्ता लिनका लागि विद्यार्थीले शिक्षकलाई लखेटेकी थिइन् । फोन नपाएपछि उनले शिक्षकमाथि खुर्सानी (पेपर स्प्रे) ले आक्रमण गरिन् ।
ती विद्यार्थीले क्लासमा पढाइ भइरहेको बेलामा टेक्स्ट मेसेज तथा गूगल उपयोग गरिरहेकाले शिक्षकले फोन खोसेका थिए ।
अमेरिकाका विद्यालयहरूमा पहिला पनि यस्तो घटना हुने गरेको न्युयोर्क पोस्ट लेख्छ ।
यसले शिक्षकको सुरक्षाका विषयमा विभिन्न प्रश्न उठाएको छ । विद्यालयमा मोबाइल फोन लिएर जानु कानूनी रूपमा ठीक छ कि छैन भन्ने विषयमा बहस पनि चलिरहेको छ ।
Student pepper sprays teacher to get her phone back pic.twitter.com/sFQTWJydUW
— 🔥⭐️ Edwin ⭐️🔥 (@Edwin53647824) May 6, 2023