०९ असार २०८३, मंगलबार

नक्कली शरणार्थी प्रकरण : थप दुईजना पक्राउ

बैशाख २६, २०८०
नक्कली शरणार्थी प्रकरण : थप दुईजना पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा थप दुईजना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले रामशरण केसी र गोविन्द चौधरीलाई पक्राउ गरेको हो ।

उनीहरूलाई गिरोहको सदस्यका रूपमा पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले लोकान्तरलाई जानकारी दिए ।

यससँगै शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १० पुगेको छ ।

यस प्रकरणमा टेकनारायण पाण्डे, इद्रजीत राई, सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा र टंक गुरुङ गरी ८ जना यसअघि नै पक्राउ परेका थिए ।

पूर्वमन्त्री टोपबहादुर रायमाझीविरुद्ध समेत पक्राउ पुर्जी जारी भए पनि उनी पक्राउ परेका छैनन् ।

यो प्रकरणमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाण, उनकी पत्नी मञ्जु खाण तथा तत्कालीन प्रधानमन्त्रीपत्नी आरजु देउवाको नाम समेत जोडिएको छ ।

उनीहरूको विषयमा पनि प्रारम्भिक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर  अमेरिका पठाउने नाममा करोडौं स‌ंकलन गरी ठगी गरेको आरोप पक्राउ परेकाहरूमाथि छ ।

salt training

कमेन्ट गर्नुहोस्