०३ असार २०८३, बुधबार

खेलौना गाडी किन्नका लागि असली कार चलाएर बजार गए ६ वर्षका बालक, गराए दुर्घटना

बैशाख २८, २०८०
खेलौना गाडी किन्नका लागि असली कार चलाएर बजार गए ६ वर्षका बालक, गराए दुर्घटना

मलेसियाको लंकावी टापुमा ६ वर्षका एक बालकले कार चलाएर खेलौना गाडी किन्न गएको घटना सार्वजनिक भएको छ । 

ती बालकले कारमा तीन वर्षका भाइलाई पनि कारमा राखेका थिए । घरबाट लगभग साढे दुई किलोमिटरम्म कार गुडेको थियो अनि पछि एउटा बिजुलीको खम्बामा ठोकिएको थियो । दुर्घटनामा कारको बोनेट भत्किएको छ ।

यी बच्चाहरूकी आमा बाथरूममा अनि बुवा सुतिरहेको बेलामा उनीहरू कार लिएर घरबाट निस्केका थिए । 

उद्धार गर्न गएका मानिसहरूलाई बच्चाहरूले चिच्याएर आफू खेलौना कार किन्न गएको बताएका थिए । 

प्रहरीले दाजुभाइको नाम सार्वजनिक गरेको छैन । दाइको चिउँडोमा चोट लागेको अनि भाइ सुरक्षित रहेको प्रहरीले जानकारी दियो । 
 

salt training

कमेन्ट गर्नुहोस्